• ट्रेण्डिङ्ग :
कांग्रेसले समावेशी लोकतन्त्रको व्यावहारिक अभ्यास गर्नेछः सभापति देउवा

कांग्रेसले समावेशी लोकतन्त्रको व्यावहारिक अभ्यास गर्नेछः सभापति देउवा


  • 4.9K
    SHARES
    • जेठ ३१, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 7.6K Views

    कांग्रेसले समावेशी लोकतन्त्रको व्यावहारिक अभ्यास गर्नेछः सभापति देउवा

    ललितपुर, जेठ ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले समावेशी लोकतन्त्रको व्यावहारिक अभ्यास गर्ने बताउनुभएको छ।

    images

    राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको संविधानअनुसार धेरै काम गर्न बाँकी रहेका भन्दै त्यसका लागि समावेशी लोकतन्त्रको व्यावहारिक अभ्यास आवश्यक रहेको बताउनुभयो। 

    “अबको बाटो दृढ सङ्कल्पअनुसार काम गर्ने हो, यसर्थ पूर्ण बफादारिताका साथ काम गर्न आवश्यक छ।  नेपालको संविधानअनुसार पूर्ण बफादारिताका साथ समावेशी नेतृत्व विकासका लागि कार्यक्रमहरु विस्तार गर्नुपर्छ”, सभापति देउवाले भन्नुभयो।

    राजनीतिक अधिकारसम्बन्धी प्रशिक्षण तथा प्रथम महाधिवेशन उद्घाटन सत्रमा उहाँले स्मारिका एवम् राजनीतिक अधिकार सहजीकरण पुस्तिका २०८२ को विमोचन गर्नुभयो।रासस


    तेस्रो आँखा