काठमाडौँ, ८ चैत ।नाबालिग गायिकालाई बलात्कार गरेको भन्दै मुद्धा खेपिरहेका नायक पल शाहको बयान सुरु भएको छ । जिल्ला अदालत तनहुँले नायक शाह र उनका म्यानेजर कृष्ण जोशीको बयान लिन सुरु गरेको हो । दिउँसो तीन बजेदेखि उनीहरुले बयान दिन सुरु गरेको अदालतस्रोतले जानकारी दिएको छ ।
प्रहरीले अनुसन्धान पुरा गरेपछि नायक शाह बिरुद्ध अदालतमा बलात्कार मुद्धा दर्ता भएको थियो । उनलाई जेल १४ बर्ष सजाय माग गरिएको छ । यसैगरि उनका म्यानेजरलाई मतियारका रुपमा मुद्धा दर्ता गरिएको छ । उनलाई ७ बर्ष जेल सजायको माग गरिएको छ ।
