काठमाडौँ, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सांसदहरु निलो रिबन लगाएर संसद् भवनमा पुग्नु भएको छ । मंगलबारकाे प्रतिनिधिसभाकाे बैठकमा अझै कडा रुपमा बिराेध गर्ने भनेर उहाँहरु सांसद भवन पुग्नुभएकाे हाे ।
उहाँहरूका अनुसार मानव तस्करी विरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीक मनिन्छ ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसद संघीय सदनमा निलो रिबन लगाएर ‘मानव तस्करी’ को विरोध गराउनेछौ’, कार्यवाहक प्रवक्ता मनिष झाको भनाइ छ ।
यसअघि उनीहरूले संसदमा नाराबाजी र सभामुखको आसनअघि पलेँटी कसेर विरोध गरेका थिए ।
