• ट्रेण्डिङ्ग :
मानव तस्करीविरुद्व आवाज उठाउँदा संसदबाट निकालिन्छ भने निकालियोस् : सोबिता गौतम

मानव तस्करीविरुद्व आवाज उठाउँदा संसदबाट निकालिन्छ भने निकालियोस् : सोबिता गौतम


  • 5.0K
    SHARES
    • आषाढ ३, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 7.7K Views

    मानव तस्करीविरुद्व आवाज उठाउँदा संसदबाट निकालिन्छ भने निकालियोस् : सोबिता गौतम

    काठमाडौ, असार ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतमले मानव तस्करीविरुद्ध आवाज उठाउँदा संसदबाट निष्कासन गरे स्वीकार गर्ने बताउनु भएको छ ।

    images

    तर, सत्ताको संरक्षणमा नेपाली बेचिएको विषयमा निष्पक्ष उच्चस्तरीय छानबिन समितिको माग पूरा नभएसम्म निरन्तर संसदमा आन्दोलन गरिरहने उहाँको भनाइ छ।

    कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले मंगलबार प्रतिनिधिसभा बैठकमा निलो रिबन पहिरेर रचनात्मक विरोध गरेका रास्वपा सांसदलाई प्रतिनिधिसभा नियमावलीबमोजिम चेतावनी दिएर निष्कासन गर्न माग गरेका थिए। यसको जवाफमा सांसद गौतमले प्रतिक्रिया दिनुभएको हो ।

    ‘विरोधका आयाम अनेकौँ हुन्छन्, रास्वपा शान्त र सभ्य विरोधमा उभिन्छ,’ उहाँले भन्नुभयो, ‘आज मानव तस्करीविरुद्धको ऐक्यबद्धतास्वरूप निलो सल लगाएर आएको, नियमापत्ति भएछ। हुन्छ, संसदबाट निकालियोस्।’

    तर, नयाँ पुस्ताले रचनात्मक आन्दोलन गरिरहने उहाँको भनाइ छ। ‘नयाँ पुस्तालाई सांसद कुट्न आउँदैन। कांग्रेस विरोधमा हुँदा प्र।म। केपी ओलीलाई कुट्न आएकै घटना आर्काइभमा कैद छ। कुर्सी भाँच्न आउँदैन। माइक फोड्न आउँदैन,’ गौतमले भन्नुभयो।


    तेस्रो आँखा