काठमाडौ, असार २ । मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गर्नुभएको हो ।
सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्राे चरणकाे लागि विश्व बैँकबाट प्राप्त हुने करिब २० अर्ब ७९ कराेड नेपाली रुपियाँ बराबरकाे सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेकाे छ ।
यसैगरी दक्षिण कारिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियाेजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ कराेड ८० लाख नेपाली रुपियाँ अनुदान सहायता स्वीकार गर्ने समेत सरकारकाे निर्णय गरेकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयका सहसचिव निर्मला अधिकारी भट्टराईलाई सत्य निरुपण तथा मेलमिलाप आयाेगकाे सचिव पदमा कायममुकायम मुकरर गर्ने निर्णय पनि सरकारले गरेको प्रवक्ता गुरुङले बताउनुभयो।
मन्त्रिपरिषद् बैठकका १९ निर्णय : 

