• ट्रेण्डिङ्ग :
प्रदेश सभाको बैठक असार १० गते बस्ने

प्रदेश सभाको बैठक असार १० गते बस्ने


  • 2.9K
    SHARES
    • आषाढ ५, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 4.4K Views

    प्रदेश सभाको बैठक असार १० गते बस्ने

    धनगढी, असार ५ । सुदूरपश्चिम प्रदेश सभाको बैठक असार १० गते बस्ने भएको छ । 

    images

    सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले असार १० गते प्रदेश सभा बैठक बोलाउने निर्णय गरेको हो । बैठक दिनको ४ बजे बस्ने समितिले निर्णय गरेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो । 

    बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल हुने जनाइएको छ । गएको असार १ गते प्रदेशको आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेश सरकारको बजेट प्रदेश सभामा प्रस्तुत गर्नु भएको थियो । 


    तेस्रो आँखा