• ट्रेण्डिङ्ग :
विनियोजन विधेयकका पक्षमा मतदान गर्न एमालेद्वारा ‘ह्वीप’ जारी

विनियोजन विधेयकका पक्षमा मतदान गर्न एमालेद्वारा ‘ह्वीप’ जारी


  • 3.6K
    SHARES
    • आषाढ १०, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 5.5K Views

    विनियोजन विधेयकका पक्षमा मतदान गर्न एमालेद्वारा ‘ह्वीप’ जारी

    काठमाडौँ, असार १० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विनियोजन विधेयकको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।

    images

    मङ्गलबार बस्ने प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन र पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिनुभयो ।

    मुख्य सचेतक  बर्तौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारद्वारा पेस गरिएको आर्थिक वर्ष २०८२/८३ सालको विनियोजन विधेयकलाई मिति २०८२ असार १० गते बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्वीप जारी गरिएको छ ।” रासस


    तेस्रो आँखा