• ट्रेण्डिङ्ग :
अम्बेकीश्वरी मावि र तुलसीपुर-अम्बापुरमा शैक्षिक सामग्री वितरण

अम्बेकीश्वरी मावि र तुलसीपुर-अम्बापुरमा शैक्षिक सामग्री वितरण


  • 6.4K
    SHARES
    • आषाढ ११, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 9.8K Views

    अम्बेकीश्वरी मावि र तुलसीपुर-अम्बापुरमा शैक्षिक सामग्री वितरण

    तुलसीपुर, ११ असार । श्री अम्बेकीश्वरी माध्यमिक विद्यालय र तुलसीपुर-अम्बापुरमा शैक्षिक समाग्रि वितरण गरिएको छ । 

    images

    सामुदायिक विद्यालयमा अध्ययनरत जेहेनदार तथा आर्थिक रूपमा पाछाडि परेका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हाे ।

    नेपाल टेक्वान्दो सङ्घ लुम्बिनी प्रदेशका कोषाध्यक्ष तथा समाजसेवी मोहन सुनारकाे पहलमा शैक्षिक सामाग्री वितरण गरिएको हाे । आर्थिक रुपमा विपन्न विद्यार्थीहरु शैक्षिक सामाग्री सहयोगबाट उत्साहित र प्रसन्न भएका थिए ।


    काेषाध्यक्ष सुनारले सामाजिक उत्तदायित्वप्रति  प्रतिबद्धता जनाउँदै शिक्षा क्षेत्रमा देखाउनुभएको रुचि र योगदानले समाजमा सकारात्मक सन्देश दिएको छ।यस्तो सद्भावनायुक्त कार्यले आर्थिक अभावले थिचिएका विद्यार्थीहरूलाई आत्मबल दिनुका साथै पढाइप्रति अझ प्रेरित बनाउने अपेक्षा गरिएको छ।

    विद्यालय प्रशासन, अभिभावक तथा विद्यार्थीहरूले पनि यस सहयोगप्रति हार्दिक आभार व्यक्त गरेका छन्। 
    शिक्षाको साथ सामाजिक उत्तरदायित्व र समान्तरणकाे भुमिका माेहन सुनारले निर्वाह गर्नुभएको छ । 


    तेस्रो आँखा