चितवन, १० मंसिर ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेको १०औँ महाधिवेशनको सफलताको शुभकामना दिनुभएकाे छ ।
चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले देश र जनताका लागि पनि एमालेको महाधिवेशन ऐतिहासिक होस् भनेर शुभकामना दिनुभयाे ।
राजनीतिक दल देश र जनताप्रति प्रतिबद्ध रहेका भन्दै उहाँले एमालेको आगामी नेतृत्वले देश र जनताको पक्षमा काम गरेर ऐतिहासिक बन्न सकोस् भनेर शुभकामना दिनुभयाे ।
