एसइई नतिजा आज सार्वजनिक हुँदै

एसइई नतिजा आज सार्वजनिक हुँदै


  • 7.4K
    SHARES
    • आषाढ १३, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 11.3K Views

    एसइई नतिजा आज सार्वजनिक हुँदै

    काठमाडौँ, असार १३ । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज शुक्रबार साँझ ६ बजेसम्म सार्वजनिक हुने भएको छ ।

    images

    परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार एसइई नतिजा आज साँझ प्रकाशन हुनेछ।  

    उहाँले भन्नुभयो, “आज बेलुका ६ बजेसम्म नतिजा प्रकाशन हुने सम्भावना छ ।”

    यस वर्षको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए । त्यसका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र कायम गरिएको थियो । 

    उहाँका अनुसार एसइईको वेबसाइट, एनटीसीलगायत विविध माध्यमबाट नतिजा हेर्न सकिनेछ । 

    नतिजा कहाँ हेर्ने:  

    SLC.jpg
    undefined

  • सम्बन्धित विषय:

  • # एसइई नतिजा

  • तेस्रो आँखा