• ट्रेण्डिङ्ग :
तेहरानस्थित इभिन जेलमा इजरायली आक्रमणमा ७१ जनाको मृत्यु भएको पुष्टि

तेहरानस्थित इभिन जेलमा इजरायली आक्रमणमा ७१ जनाको मृत्यु भएको पुष्टि


  • 7.8K
    SHARES
    • आषाढ १५, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 12.0K Views

    तेहरानस्थित इभिन जेलमा इजरायली आक्रमणमा ७१ जनाको मृत्यु भएको पुष्टि

    तेहरान,असार   १५  । तेहरानको इभिन कारागारमा यस महिनाको १२ दिनसम्म चलेको युद्धका क्रममा इजरायली आक्रमणमा परी कम्तीमा ७१ जनाको मृत्यु भएको इरानको न्यायपालिकाले आइतबार जनाएको छ ।

    images

    तेहरानको उत्तरमा रहेको इभिनमा सोमबार भएको आक्रमणले प्रशासनिक भवनको केही भाग ध्वस्त पारेको थियो । उक्त जेलमा राजनीतिक बन्दी र विदेशी नागरिकहरू रहेको अधिकारवादी समूहहरूले बताएका छन् ।

    “इभिन जेलमा भएको आक्रमणमा ७१ जनाको मृत्यु भएको पुष्टि भएको छ,” इरान सरकारद्वारा गराइएको औपचारिक जानकारीमा भनिएको छ । 

    इजरायलले जुन १३ मा सुरु गरेको बमबारी अभियानबाट प्रभावितमध्ये एक स्थान इभिन जेल रहेको न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरले बताउनुभयो । 

    जहाँगीरका अनुसार इभिनमा मारिएकाहरूमा प्रशासनिक कर्मचारी, गार्ड, कैदी र भेट्न आएका आफन्तहरू साथै जेल नजिक बस्ने केही व्यक्ति पनि थिए ।

    न्यायपालिकाले सार्वजनिक गरेको तस्बिरमा भवनको पर्खाल भत्किएको, छाना भत्किएको, छरिएर रहेका भग्नावशेष र प्रतीक्षालयमा रहेका सतहहरु भत्किएको देख्न सकिन्छ । 

    इभिनको मेडिकल सेन्टर र भिजिटिङ रुमलाई निशाना बनाइएको अदालतले बताएको छ ।

     आक्रमणको एक दिनपछि मङ्गलबार इरानी जेल प्रशासनले इभिन जेलबाट पहिचान नै नगरी कैदीलाई बाहिर स्थानान्तरण गरेको बताएको थियो ।

    इभिनमा नोबेल शान्ति पुरस्कार विजेता नार्गेस मोहम्मदी, केही फ्रान्सेली नागरिक र अन्य विदेशी नागरिक रहेका छन् । रासस/एएफपी

  • सम्बन्धित विषय:

  • # ७१ जनाको मृत्यु भएको पुष्टि

  • तेस्रो आँखा