• ट्रेण्डिङ्ग :
सुमिरे टुर एण्ड ट्राभल्सले ठगी गरेको प्रमाण पेस गर्न कांग्रेसलाई रास्वपाको चुनौती

सुमिरे टुर एण्ड ट्राभल्सले ठगी गरेको प्रमाण पेस गर्न कांग्रेसलाई रास्वपाको चुनौती


  • 4.9K
    SHARES
    • आषाढ १५, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 7.5K Views

    सुमिरे टुर एण्ड ट्राभल्सले ठगी गरेको प्रमाण पेस गर्न कांग्रेसलाई रास्वपाको चुनौती

    काठमाडौँ, १५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई सुमिरे टुर एण्ड ट्राभल्सले भिजिट भिसाका नाममा नागरिक ठगेको प्रमाण पेस गर्न चुनौती दिनुभएको छ ।

    images

    प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै कार्यवाहक सभापति अर्यालले उक्त कम्पनी आफ्नो नाममा रहेको भएपनि भिजिट भिसाको माध्यमबाट मान्छे पठाएको कुरा अस्वीकार गर्नुभयो ।

    उनले सांसद खतिवडाको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन समेत माग गर्नुभयो । शनिवारको सभाको बैठकमा बोल्दै सांसद खतिवडाले उक्त ट्राभल्सले विगत १० वर्षदेखि भिजिट भिसामा जापान पठाउने र उनीहरूबाट अर्बै रुपैयाँ असुल गरेको दाबी आरोप लगाउँदै छानबिन गर्न माग गर्नुभएको थियो ।

    अर्यालले भिजिट भिसाको नाममा भएको बदमासीविरुद्धको आन्दोलनबाट पछि नहट्ने पनि जिकिर गर्नुभयो ।

    उहाँले भन्नुभयो ‘सभामुख महोदय कसैको सचिवालय चल्ने स्रोत घट्यो भनेर, कसैको जिल्लाको कर्मचारी पर्यो भनेर हामी हाम्रो आन्दोलनबाट पछि हट्दैनौँ । हाम्रो आन्दोलन जारी छ । निराधार आरोप संसदको रेकर्डबाट हट्नुपर्छ ।’

    उहाँले मन्त्रीको पिए बसेर भिजिट भिसामार्फत तस्करी गरेर जेल बसेकाहरू समेत यही संसदमा रहेको टिप्पणी समेत गर्नुभयो ।

     


    तेस्रो आँखा