• ट्रेण्डिङ्ग :
कर्णाली राजमार्गमा ठुला सवारीसाधन सञ्चालनमा रोक

कर्णाली राजमार्गमा ठुला सवारीसाधन सञ्चालनमा रोक


  • 4.5K
    SHARES
    • आषाढ २०, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 6.9K Views

    कर्णाली राजमार्गमा ठुला सवारीसाधन सञ्चालनमा रोक

    सुर्खेत, असार २० । कर्णाली राजमार्गअन्तर्गत कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभिरमा सडक भत्किएपछि ठुला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

    images

    शुक्रबार बिहान उक्त ठाउँमा सडक भत्किएकाले ठुला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ ।

    प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले भन्नुभयो, “अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएका कारण आवश्यक सजगता अपनाउन हुनसमेत अनुरोध गर्दछौँ ।” रासस


    तेस्रो आँखा