• ट्रेण्डिङ्ग :
२०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएका छौँ: अध्यक्ष दाहाल

२०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएका छौँ: अध्यक्ष दाहाल


  • 2.9K
    SHARES
    • आषाढ २१, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 4.4K Views

    २०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएका छौँ: अध्यक्ष दाहाल

    काठमाडौँ, असार २१। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले ०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएको बताउनुभएको छ ।

    images

    शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा नेकपा ९माओवादी केन्द्र० पर्सा—काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ०८४ बाट देशलाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा प्रवेश गराउने दाबी गर्नुभयो । महिला, उत्पीडित, आदिवासी, जनजाति सबैको निम्ति क्रान्तिको झन्डा उठाउँदा त्यसको तयारीमा सबैभन्दा ठुलो भूमिका सङ्गीतले खेलेको बताउनु भयो ।

    उहाँले जनयुद्धताका भाषण, दर्शन, सिद्धान्तको व्याख्याले भन्दा गीत, सङ्गीत र नृत्यहरूले बढी भूमिका खेलेको बताउनु भयो । आगामी निर्वाचनको लडाइँमा पनि गीत, सङ्गीतको माध्यमबाट निर्णायक भूमिका खेल्ने बताउनु भयो । 

    अध्यक्ष दाहालले भन्नुभयो, ‘आउने ०८४ लाई हामीले नेपाली क्रान्तिको एउटा नयाँ चरणमा प्रवेश गराउनेछौँ । यही विश्वास छ । मलाई विश्वास छ, कमरेडको रूपमा तपाईँहरू सबै पनि आफ्नो भूमिका पूरा गर्नुहुनेछ ।’

    अध्यक्ष दाहालले अब पर्सामा पार्टीको विजय यात्रा सुरु भएको दाबी गर्नुभयो ।

     


    तेस्रो आँखा