तुलसीपुर, २२ असार । अपाङ्गता सशक्तिकरण केन्द्र नेपालको आयोजना तथा शान्तिनगर गाउँपालिका र तुलसीपुर युवा ब्यबसायी दुर्गा बहादुर खड्काको आर्थिक सहयोगमा अपांगता संकलन कार्यक्रम गरिरहेको छ। केन्द्रले ७ वटै वडामा अपाङ्गता भएका ब्यक्तिहरुको तथ्याङ्क संकलन कार्यक्रम सञ्चालन गरिरहेको हाे ।
उक्त कार्यक्रम अन्तर्गत मिति २०८२/३/१८ गतेका दिन तथ्याङ्क विश्लेषण, सूचक निर्धारण तथा सुझाव संकलन गोष्ठी संस्थाकी अध्यक्ष रजनी शाहको अध्यक्षतामा भएको थियोे ।
शान्तिनगर गाउँपालिका उपाध्यक्ष प्रेमा बुढाथोकी को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हाे । साथै वडा नं.३,४,५,६ का वडा अध्यक्षहरु तथा युवा ब्यबसायी दुर्गा बहादुर खड्का र गाउँपालिका कर्मचारीहरुको उपस्थित रहेको थियो ।
उपस्थित व्यक्तिहरुले रचनात्मक र सकारात्मक सल्लाह सुझाव प्रतिक्रियाहरु दिनु भएको थियोे ।
उक्त कार्यक्रममा आर्थिक सहयोग गर्ने दुर्गा बहादुर खड्कालाई संस्थाको तर्फबाट सम्मान पत्रसहित सम्मान गरेको हाे ।
कार्यक्रमकाे सहजिकरण कृष्ण ओलीले गर्नुभएको थियोे ।
