• ट्रेण्डिङ्ग :
रास्वपालाई गृहमन्त्रीको प्रश्न : रवि लामिछाने भिजिट भिसामा अमेरिका जानुभएको होइन ?

रास्वपालाई गृहमन्त्रीको प्रश्न : रवि लामिछाने भिजिट भिसामा अमेरिका जानुभएको होइन ?


  • 6.0K
    SHARES
    • आषाढ २५, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 9.2K Views

    रास्वपालाई गृहमन्त्रीको प्रश्न : रवि लामिछाने भिजिट भिसामा अमेरिका जानुभएको होइन ?

    काठमाडौँ, असार २५ । प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदलाई निलम्बित सांसद रवि लामिछाने कुनै समय भिजिट भिसामा अमेरिका जानुभएको हो कि होइन भनेर प्रश्न गर्नुभएको छ। सरकारको बारेमा अनुमान र कल्पनाको भरमा टिप्पणी गरेको भन्दै उहाँले रास्वपा सांसदलाई यस्तो प्रश्न गर्नुभएको हो।  

    images

    उहाँले कुनै पनि विषयमा संसद् वा संसद् बाहिर प्रश्न उठाउँदै गर्दा त्यसबारे पर्याप्त जानकारी लिएर मात्रै उठान गर्न आग्रह गर्नुभयो।  उहाँले भन्नुभयो, “निलम्बित सांसद रवि लामिछानेले कुनै समय अमेरिका भिजिट भिसामा जानुभएको थियो रे भन्ने सुनेको छु, भिजिट भिसामा जाने भनेको भिजिटर नै हो, मलाई जानकारी होस्, उहाँ भिजिट भिसामा जानुभएको हो कि होइन ?” 

    अनुमान र कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न सबैलाई आग्रह गर्नुभएको छ।  बैठकमा सांसदले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले पर्याप्त जानकारीबिना सरकारका बारेमा टीकाटिप्पणी गर्न नहुनेमा जोड दिनुभयो। 

    गृहमन्त्रीले भन्नुभयो, “सम्माननीय प्रधानमन्त्रीको विदेश भ्रमण हुँदा उहाँसँगै प्रतिनिधिमण्डलमा जाने व्यक्तिका बारेमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै जान्छन्, प्रधानमन्त्रीसँगै भ्रमणमा जानुभएकामध्ये कोको फर्केर आउनुभएन उहाँहरूको नाम सार्वजनिक गरिदिनुभयो भने सरकारलाई सजिलो हुने थियो, त्यसकारण प्रधानमन्त्रीको स्पेन भ्रमणका बारेका गलत प्रचार भएको छ।” 

    मन्त्री लेखकले सरकारले पूर्वसांसद, पूर्वमन्त्री र सुरक्षा पाउने वा नपाउने सबैलाई सुरक्षा दिएर सुरक्षाको दुरुपयोग भएको भन्ने प्रचारमा कुनै सत्यता नभएको प्रष्ट पार्नुभयो।   


    तेस्रो आँखा