• ट्रेण्डिङ्ग :
आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर


  • 2.7K
    SHARES
    • आषाढ २७, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 4.1K Views

    आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, असार २७ गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ७२ पैसा र बिक्रीदर १३७ रुपियाँ ३२ पैसा निर्धारण गरिएको छ ।

    images

    युरोपियन युरो एकको खरिददर १६० रुपियाँ २२ पैसा र बिक्रीदर १६० रुपियाँ ९२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ७५ पैसा र बिक्रीदर १८६ रुपियाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ ९६ पैसा र बिक्रीदर १७२ रुपियाँ ७२ पैसा कायम गरिएको छ ।

    अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ७१  पैसा र बिक्रीदर ९० रुपियाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ९८ पैसा र बिक्रीदर १०० रुपियाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ८६ पैसा र बिक्रीदर १०७ रुपियाँ ३३ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपियाँ ३५ पैसा र बिक्रीदर नौ रुपियाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०६ पैसा र बिक्रीदर १९ रुपियाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४५ पैसा र बिक्रीदर ३६ रुपियाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५१ पैसा र बिक्रीदर ३७ रुपियाँ ६७ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २० पैसा र बिक्रीदर चार रुपियाँ २२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २२ पैसा र बिक्रीदर ३७ रुपियाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ १९ पैसा र बिक्रीदर ३२ रुपियाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९६ पैसा र बिक्रीदर १० रुपियाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३८ पैसा र बिक्रीदर १४ रुपियाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ४७ पैसा र बिक्रीदर २१ रुपियाँ ५७ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४२ पैसा र बिक्रीदर १७ रुपियाँ ४९  पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपियाँ ५० पैसा र बिक्रीदर ४४९ रुपियाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ ६६ पैसा र बिक्रीदर ३६४ रुपियाँ २५ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपियाँ १४ पैसा र बिक्रीदर ३५६ रुपियाँ ७० पैसा रहेको छ ।

    भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस  

     


    तेस्रो आँखा