उच्च शिक्षा ऐन बनाउन गगन थापाको प्रस्ताव

उच्च शिक्षा ऐन बनाउन गगन थापाको प्रस्ताव


  • 9.2K
    SHARES
    • चैत्र ९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 14.1K Views

    उच्च शिक्षा ऐन बनाउन गगन थापाको प्रस्ताव

    काठमाडौं, ९ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले उच्च शिक्षा ऐन बनाउनुपर्ने सार्वजनिक रुपमा प्रस्ताव गरेका छन् ।

    images

    कीर्तिपुरमा बुधबार त्रिवि कर्मचारी संघ केन्द्रीय समितिको १२औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै थापाले उच्च शिक्षा ऐन बनाएर शिक्षामा देखिएका अन्योलता चिर्नुपर्ने बताएका हुन्। 

    उच्च शिक्षामा कसले लगानी गर्ने भन्ने विषयमा बहस गरेर टुंग्याउनुपर्ने बताउँदै उनले देशमा राजनीतिक परिवर्तन भए पनि शिक्षामा व्यवहारिक रुपमा परिवर्तन गर्न नसकिएको बताए । 

    शिक्षालाई संविधानमा मौलिक हकसहितका व्यवस्था गरिए पनि विश्वविद्यालयमा सुधारको आवश्यक रहेको उनको भनाइ छ । त्रिवि विश्वविद्यालयमा देखिएका समस्या समाधान गरेर अघि बढ्नुपर्ने भन्दै महामन्त्री थापाले यसमा आफ्नो पनि सहयोग रहने बताए । 

    आफू पनि त्रिविको पूर्वकर्मचारी भएकाले अहिले यस विद्यालयको रङ उडेको देख्दा मन दुखेको बताउँदै उनले सबैजनाले मिलेर विश्वविद्यालयको समस्या समाधान गर्नुपर्ने बताए । ‘आफूले पाएको जिम्मेवारी सम्झिएर काम गर्नुपर्छ । अब विश्वविद्यालयको समस्या समाधान गर्न ढिलो गर्नु हुँँदैन,’ थापाले भने, ‘यसबारे कुलपति, प्रधानमन्त्रीसँँग पनि कुरा गर्छु । सबै मिलेर समाधान गरौँ ।’ 

  • सम्बन्धित विषय:

  • # गगन थापा

  • तेस्रो आँखा
    लेखकबाट थप