तुलसीपुर, २९ असार । दाङको तुलसीपुरमा रहेको माध्यमिक विद्यालय आश्वरा लुम्बिनी प्रदेशको सामुदायिक विद्यालय अन्तर्गत उत्कृष्ट विद्यालय छनाेट भएको छ ।
शुक्रबार केन्दविन्दु अनलाइन मिडिया प्रालिकाे आयोजनामा तेस्रो केन्द्रविन्दु एजुकेसन एक्सिलेन्ट अवार्ड २०८२ बाट मावि आश्वरा उत्कृष्ट विद्यालय छनाेट भएको हाे ।
सामुदायिक विद्यालयकाे रुपमा शैक्षिक गुणस्तर सुधार गर्न यस माविले गरेको याेगदान अतुलनीय छ भनी उत्कृष्ट प्रशंसा गरेको छ । शैक्षिक क्षेत्रमा बढ्दाे निजिकरणलाई चुनाैति दिँदै सामुदायिक विद्यालयकाे पनि शैक्षिकस्तर उत्कृष्ट हुनसक्छ भन्ने प्रमाणित गरेको प्रमाणपत्रमा उल्लेख गरेको छ । साथै देशभरका सामुदायिक विद्यालयमध्येबाट शिक्षा क्षेत्रमा पुर्याएकाे याेगदानकाे कदर गर्दै मावि आश्वरालाई तेस्रो केन्द्रविन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२ बाट सामानित गरेको हाे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण बहादुर शाहकाे नेतृत्व केन्द्रविन्दु अनलाइनले लुम्बिनी प्रदेशकाे उत्कृष्ट सामुदायिक विद्यालय छनाेट गरेको हाे ।
आजसम्मकाे शैक्षिक गुणस्तर हेर्दा हाम्रो विद्यालय पाउनुपर्ने समान पाएकाेमा खुशि भएको व्यवस्थापन समितिका अध्यक्ष शाहले बताउनुभयो । हाम्रो विद्यालय अझ राम्रो बनाउन अन्य कदम चाल्नेछाै, उहाँले भन्नुभयो,` विद्यालयले दिने शिक्षाकाे गुणस्तरमा विद्यालयकाे भविष्य हुन्छ ` । विद्यालयलाई राष्ट्रिय स्तरमानै उत्कृष्ट सामुदायिक विद्यालय बनाउन आवश्यक पहल गर्ने उहाँको भनाइ छ ।