दाङ,मंसिर १० ।
नेपाली कांग्रेस दाङको नेतृत्वका लागि सभापति पदमा ४ जनाले उम्मेदवारी दिएका छन् । दाङ कांग्रेसको जिल्ला अधिवेशन भोली हुँदै छ । सभापतिका लागि शंकर डाँगी, कमलकिशोर घिमिरे, जानकीलाल बस्नेत र भुपबहादुर डाँगीले उम्मेदवारी दिनुभयो । सभापतिमा उम्मेदवारी दिएका मध्य तीन जना संस्थापन पक्षका हुुन् भने एकना संस्थापन ईतर पक्षका हुन् ।
उहाँहरु मध्य शंकर डाँगी संस्थापन ईतर पक्षका हुनुहुन्छ भने कमलकिशोर घिमिरे, जानकीलाल बस्नेत र भुपबहादुर डाँगी संस्थापन पक्षका हुनुहुन्छ ।
सभापति पदका उम्मेदवार शंकर डाँगी कांग्रेसका वर्तमान जिल्ला सचिव हुनुहुन्छ । उहाँ सभापतिका बलिया उम्मेदवार मानिनुहुन्छ । सचिव छँदा संगठन बिस्तारका लागि अहम भुमिका निर्वाह गरेका उहाँ सभापतिको बलियो उम्मेदवार मानिनु भएको छ । यसैगरि सभापतिका अर्का उम्मेदवार कमलकिशोर घिमिरे निवर्तमान जिल्ला सचिव हुनुहुन्छ ।
उहाँ पार्टीको १३ औँ महाधिवेशनमा पनि जिल्ला सभापति पदमा उम्मेदवार बन्नु भएको थियो । उहाँ पराजित बन्नु भएको थियो । यसैगरि उहाँ गत प्रदेश सभा निर्वाचनका उम्मेदवार पनि हुनुुहुन्थ्यो । कांग्रेस दाङ भित्रका उहाँ स्पष्ट बक्ताका रुपमा चिनिनु हुन्छ । यसैगरि अर्का उम्मेदवार बस्नेत प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्नु भएको थियो ।
नेविसंघको राजनीति देखि लामो समय सम्म पार्टी राजनीतिमा सकृय बस्नेत क्षेत्र नम्बर १ मा बलियो प्रभाव रहेका नेता हुनुहुन्छ । यसैगरि अर्का उम्मेदवार भुपबहादुर डाँगी कांग्रेस क्षेत्र नम्बर २ का निवर्तमान क्षेत्रीय सभापति हुनुहुन्छ । उहाँ गत स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरपालिकाका मेयरका उम्मेदवार हुनुहुन्थ्यो । उहाँ पराजित हुनु भएको थियो ।
भोली हुने जिल्ला अधिवेशनमा कुल २ हजार १ सय ९२ मतदाता छन् । यि मध्य पुरुष मतदाता संख्या १ हजार ५ सय ११ र महिला मतदाता संख्या ६ सय ८१ रहेको छ ।
