• ट्रेण्डिङ्ग :
कास्की अदालतमा तोडफोड, मिसिल चोरी भएको आशंका

कास्की अदालतमा तोडफोड, मिसिल चोरी भएको आशंका


  • 10.2K
    SHARES
    • चैत्र ९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 15.8K Views

    कास्की अदालतमा तोडफोड, मिसिल चोरी भएको आशंका

    काठमाडौं, ९ चैत । कास्की जिल्ला अदालतमा तोडफोड भएको छ । छ नम्बर इजलासको ढोका फोरिएको हो । मिसिल रहेको दराजको ढोका खुलेको अवस्थामा भेटिएको अदालतले जनाएको छ ।

    images

    सूचना अधिकारी निल पनेरुले इजलासको दराज फुटेको अवस्थामा रहेको बताए । उनका अनुसार घटनाबारे अनुसन्धान सुरु भएको छ । घटना मंगलबार राति भएको हो । बिहान सफा गर्ने बेलामा कर्मचारीले थाहा पाएछन्,झ उनले भने, ञनयाँ भवन भएकोले सीसीटिभी क्यामेरा राखिएको छैन। घटना कसरी भयो भन्ने यसै भन्न सक्ने अवस्था छैन ।झ

    प्रहरीले मुचुल्का गरेर फर्किएको छ । प्रमाण मिसलस चोरी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । यद्यपि मिसिलबारे कर्मचारीले छानबिन गरिरहेका छन् ।

    तोडफोडमा प्रयोग भएको फलामको रड फेला परेको प्रहरीले जनाएको छ । सोही रडको फिंगर प्रिन्टदेखि सीसीटिभी फुटेजसमेत हेरेर अनुसन्धान अघि बढाइएको हो । उक्त इजलासको जिम्मा न्यायाधीश देवप्रसाद योगीलाई थियो । 

    वडा प्रहरीकै अगाडि कसरी भो तोडफोड ?

    अदालतको ठ्याक्कै अगाडि वडा प्रहरी कार्यालय छ । डीएसपीको कमान्डमा प्रहरी खटिएका छन् । लेकसाइड क्षेत्र भएकोले यहाँको प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरू चौबिसै घण्टा उच्च सतर्कतासाथ बस्छन् । सोही कार्यालय अघिको अदालतमा भएको तोडफोड रहस्यमय छ ।

  • सम्बन्धित विषय:

  • # कास्की

  • तेस्रो आँखा
    लेखकबाट थप