• ट्रेण्डिङ्ग :
कस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर ?

कस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर ?


  • 4.4K
    SHARES
    • श्रावण १५, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 6.8K Views

    कस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले बुधबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३९ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ ।

    images

    त्यस्तै,  अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २०  पैसा र बिक्रीदर ९० रुपैयाँ ५९ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७७ पैसा र बिक्रीदर १०१ रुपैयाँ २१  पैसा निर्धारण गरिएको छ । 

    यसै गरी, युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ २८ पैसा र बिक्रीदर १६० रुपैयाँ ९८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ र बिक्रीदर १८५ रुपैयाँ ८० पैसा कायम गरिएको छ ।

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 


    तेस्रो आँखा