सङ्कटग्रस्त मधेशमा ‘अमृत’ वर्षा : धान रोपाइँमा किसान आकर्षित

सङ्कटग्रस्त मधेशमा ‘अमृत’ वर्षा : धान रोपाइँमा किसान आकर्षित


  • 9.8K
    SHARES
    • श्रावण १९, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 15.1K Views

    सङ्कटग्रस्त मधेशमा ‘अमृत’ वर्षा : धान रोपाइँमा किसान आकर्षित

    जनकपुर, साउन १८ । अकासे पानीको भरमा धान रोपाइँ गर्दै आएका मधेश प्रदेशका किसानहरु धान रोपाइँतर्फ आकर्षित भएको छ । मधेशमा शनिबार र आइतबार पानी परेकाले सुक्खाको मार खेपिरहेका किसानहरु धान रोपाइँतर्फ आकर्षित भएका हुन् । वर्षाले किसान र स्थानीयवासीमा राहतको सास फेरेका छन् ।

    images

    अहिलेसम्म मधेशमा ४२.७३ प्रतिशत हेक्टर क्षेत्रफल जग्गामा धान रोपाइँ भएको छैन,  अर्थात् मधेशमा ५७.२७ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ भएको मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । नहर, कुलोपैनी, स्यालो टयुवेल, डिप बोरिङ र छिटफुट वर्षाले धान रोपाइँ गरिएको हो ।

    शनिबारदेखि हिलाम्मे हुने गरी पानी परेकाले किसानहरु धान रोपाइँ कार्यमा व्यस्त भएको छ । अन्य सबै काम छोडेर धानको ब्याडमा बिउ उख्खेल्न, खेतलाई हिलाम्मै पार्न किसानहरु आइतबार बिहानैदेखि लागिपरेको धनुषा सबैलाका लोचन साहले बताउनुभयो । सुक्खा अवस्थामा पानी पर्ने आश र भरोसा गरेर जेनतेन ब्याडलाई जोगाइ राखेकाले अहिले रोपाइँमा त्यही बिउ काम लाग्ने भएको अर्का किसान बिजली साहले बताउनुभयो ।

    धान रोपाइँका लागि आवश्यक जति पानी परेकोले तत्काल धान रोप्न कुनै समस्या नरहेको जनकपुरका किसान सन्जय यादवले भन्नुभयो, ‘‘ब्याडमा बिउ छिपिए पनि रोपाइँ गर्न सक्छौँ । यसले थोरबहुत उत्पादनमा प्रभाव पर्न सक्छ । पानी परेकोले किसानहरु हलो, ट्याक्टर, कोदालो लिएर खेतलाई हिलाम्मै पार्न व्यस्त देखिन्छ ।’’

    मधेशमा रोपाइँको अवस्था


    मधेश प्रदेशको आठ जिल्लामध्ये सबभन्दा कम सप्तरी, सिरहा, महोत्तरी र धनुषा गरी चार जिल्लामा रोपाइँ भएको छ । महोत्तरीमा ४२ हजार पाँच सय हेक्टर क्षेत्रफल धान खेती योग्य जग्गामध्ये १५ हजार ८९० हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ । अर्थात् ३९.७३ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत सरोज चौधरीले जानकारी दिनुभयो । सप्तरीमा ४० र धनुषामा ४० प्रतिशत हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको उहाँले बताउनुभयो । सिरहामा पनि ५० प्रतिशत हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ । पर्सामा ८५, बारामा ८३, रौतहटमा ७३ र सर्लाहीमा ६५ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

    वर्षाको अवस्था

    मधेशमा पछिल्लो २४ घण्टामा विभिन्न केन्द्रहरूमा मध्यमदेखि धेरै भारी वर्षा नापिएको छ । जल तथा मौसम विज्ञान विभागले सिराहको सिराह हाइड्रो केन्द्रमा २४ घण्टामा १०१.६ मिलिमिटर वर्षा मापन गरेको जनाएको छ, जुन २० घण्टाभन्दा बढीमा १०० मिलिमिटरमाथिको वर्षालाई “धेरै भारी वर्षा’’ मानिन्छ । सिराहकै लहान केन्द्रमा ७७.२ मिलिमिटर, गोलबजारमा ५२.८ मिलिमिटर वर्षा भएको छ ।

    त्यसैगरी सप्तरीको मरमझिया केन्द्रमा ९३ मिलिमिटर, रुपनी बजारमा ८२ मिलिमिटर, कल्याणपुरमा ४९.४ मिलिमिटर, धनुषाको हर्दिनाथमा ४७ मिलिमिटर, तुलसीमा ४७.८ मिलिमिटर, महोत्तरीको गौशालामा ५८ मिलिमिटर र सर्लाहीको परवानीपुरमा ४८.४ मिलिमिटर वर्षा परेको छ । बाँकी तीन स्थानहरुमा पनि यस्तै आसपासको वर्षा भएको विभागले जनाएको छ ।

    किसानहरूका लागि यो वर्षा अमृत भएको छ । किसान रामचन्द्र यादवले भन्नुभयोे, “पहिले करिब दुई महिना पानी नपरेर धान रोप्न गार्हो थियो, अहिले झरी आएसँगै खेतमा सिँचाइको अवस्था सुधारिएको छ ।”

    यता वर्षाले केही राहत त दिएको भए पनि पानी जम्ने, नदी किनारमा जलमग्नता र जोखिमलाई मध्यनजर गर्दै सतर्क रहन स्थानीयस्तरमा सचेतना अपनाउन आग्रह गरिएको छ ।

    अहिलेको वर्षाले रोपाइँ गर्न बाँकी रहेको करिब ४३ प्रतिशत हेक्टर क्षेत्रफल धान खेतीयोग्य जग्गामा पूर्ण रोपाइँ सम्भव नरहे पनि धेरै हदसम्म रोपाइँ गर्न सकिन्छ, कृषि बिज्ञ अनुपलाल साहले बताउनुभयो । रोपिएको धानको लागि अमृत, जमिनको रिचार्जमा सहयोगको साथै खानेपानीको संकट, जमिनमुनि पानी सतह कम गर्नमा ठूलो राहत पुगेको उहाँले बताउनुभयो ।

    मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार मधेशमा पाँच लाख ४२ हजार ५८०.७८ हेक्टर क्षेत्रफल जग्गा खेतीयोग्य रहेको छ । जसमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफल जग्गमा धान रोपाइँ हुने गरेको छ । अहिलेसम्म दुई लाख १३ हजार ३४८.९५ हेक्टर क्षेत्रफल जग्गामा मात्र धान रोपाइँ भएको छ ।  


    तेस्रो आँखा