• ट्रेण्डिङ्ग :
पाँच प्रदेशका पहाडी भूभागमा वर्षा हुने 

पाँच प्रदेशका पहाडी भूभागमा वर्षा हुने 


  • 5.8K
    SHARES
    • चैत्र १०, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    पाँच प्रदेशका पहाडी भूभागमा वर्षा हुने 

    काठमाडौं, १० चैत । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

    images

    दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    राति पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । शुक्रबार दिउँसो प्रदेश १, बागमती, र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

     


    तेस्रो आँखा