प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्न प्रधानमन्त्री जनकपुर जाँदै

प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्न प्रधानमन्त्री जनकपुर जाँदै


  • 3.8K
    SHARES
    • श्रावण ३१, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 5.8K Views

    प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्न प्रधानमन्त्री जनकपुर जाँदै

    जनकपुर, साउन ३० । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बिहान जनकपुरधाम आउँदै हुनुहुन्छ । मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटनका लागि प्रधानमन्त्री ओली जनकपुरधाम आउन लाग्नुभएको हो । उहाँ ११ः३० बजे काठमाडौँबाट धनुषाका लागि प्रस्थान गर्नुहुने कार्यतालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    images

    करिब २३ करोड १० लाख ४३ हजार ४०७ रुपियाँको लागतमा बनेको यो सुविधा सम्पन्न भवनमा ६८ वटा कोठा रहेको मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता गणेश नायकले जनाउनुभयो ।

    विसं। २०८० असोज १० गते भवन निर्माणको जिम्मेवारी शिवालय सुवेदी जेभीले पाएको उहाँले जानकारी दिनुभयो । सम्झौता अवधि २०८२ असार मसान्तसम्मको थियो । सो भवनको निर्माण कार्य समयमै सम्पन्न भएको दाबी गरिएको छ । 


    तेस्रो आँखा