घोराही–८ का वडाध्यक्ष शाहद्वारा राजीनामा, कार्यवाहकमा चुडामणि चौधरी

घोराही–८ का वडाध्यक्ष शाहद्वारा राजीनामा, कार्यवाहकमा चुडामणि चौधरी


  • 4.7K
    SHARES
    • भाद्र २, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 7.3K Views

    घोराही–८ का वडाध्यक्ष शाहद्वारा राजीनामा, कार्यवाहकमा चुडामणि चौधरी


    दाङ, भदौ २ । घोराही उपमहानगरपालिका– ८ का अध्यक्ष जितेन्द्र बहादुर शाहले राजीनामा दिनुभएको छ । घोराही उपमहानगरपालिकाको सोमबार घोराहीमा बसेको कार्यपालिका बैठकले अध्यक्ष शाहले दिएको राजीनामा स्वीकृत गरेको हो ।

    images

    गत २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा शाह नेकपा पार्टीको तर्फबाट अध्यक्षमा विजयी हुनुभएको थियो । अध्यक्ष शाहले पटक–पटक जनताको काम गर्न नसकेको भन्दै नगरप्रमुख नरुलाल चौधरीसमक्ष केही महिना अघि राजीनामा बुझाउनुभएको थियो ।

    उहाँको ठाउँमा वडा सदस्य चुडामणि चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।

    अध्यक्ष शाहले यसअघि पनि धेरै पटक विज्ञप्ति मार्फत नेकपा (एमाले) मा नरहेको जानकारी गराउँदै आउनुभएको थियो । पछिल्लो समय शाह विभिन्न सामाजिक काममा सक्रिय हुँदै आउनुभएको थियो ।


    तेस्रो आँखा