नारायण भण्डारी, जर्जटाउन - टेक्सास
तिजको रहर आयो वरिलै ………. नौडॅाडा काटेर गएका चेली भाग्यले भेटन पाएका छौ फेरि……. नेपाली महिलाहरुको माहान पर्व हरितालिका तिजका अवसरमा गाईने यो लोकप्रिय गीत गुन्जन र सुनिन थालेपछि संसारको जुनसुकै कुनामा बसेका नेपाली भएपनि त्याहा तिज पर्व आएको अनुभव गर्न सकिन्छ । ग्रेटर अस्टिन नेप्लिज चेम्वर अफ कमर्सले आईतवार जर्ज टाउन शहरको वेरि स्प्रिगं पार्कमा आयोजना गरेको तिजको दर खाने कार्यक्रममा सरिक भएर टेक्सासको राजधानीवासी महिलाहरुले आईतवार धक फुकाएर नाचगान गर्दै तिजको दर खाए ।
परदेशिएका भएपनि नेपाली चाड पर्व र संस्कृति यॅाहाको नेपाली समाजमा ज्यादै लोकप्रिय छन । समय संगै गीत गाउने र नाच्ने तरिका परिवर्तन भएका छन, जीवन बाच्ने दैनिकीहरुमा परिवर्तन भए जस्तै महिलाहरुपनि कर्मको मैदानमा उत्रेर नाच्ने गाउने गर्दै कमाउने र रमाउने कुरामा अभ्यस्त हुनु गौरवको विषय हो । यसैले होला “नाच्ने हो गाउने हो” “कमाउने नि हो रमाउने हो” भन्दै उनीहरु धक फुकाएरै नाचे ।
नेपाली समाजमा तीज महिलाहरुका पिडा, वेदना, संघर्ष र सफलताका कथालाई विभिन्न लयमा गाउने हाम्रो परंम्परा हो । जीवन एक संधर्ष नै हो, यो लडाईमा कोहि सफल र कोहि असफल हुन्छन । त्यसैले महिलाहरु यो कुरा यसरि व्यक्त गर्छन “हे लाउन मन थ्यो जापानी सारी, ओई सारी, टेबुलमा काईयो र ऐना छ वस्नु पर्यो मन मारी मारी ओई मारी सोचे झै जिन्दगी रैनछ “ नाच्ने गाउने गर्दै आफ्ना रहर र समस्या पोख्ने यो पर्वमा महिलाहरु आफना बुबा आमा र दाजुभाईका घरमा आउने गर्छन र बिशेष खानेकुरा खाने गर्छन । यो हाम्रो परंम्परालाई निरन्तरता दिदै परदेसिएका नेपाली चेलीलाई विभिन्न संस्थाले दर खाने कार्यक्रम आयोजना गर्दै उनीहरुलाई निमन्त्रणा गर्ने गरेका छन । यो परंम्पराले नेपाली चेलीहरुको माहान पर्व तिजलाई जीवन्त राख्न ठुलो योगदान दिएको छ । यस्ता कार्यक्रम हरेक वर्ष आयोजना गर्दै यस क्षेत्रका चेलीवेटीहरुलाई निमन्त्रणा गरिने आयोजक संस्थाका अध्यक्ष सिपी पौडेलले प्रतिवद्दता जनाए ।कार्यक्रममा स्थानिय ६०० बढि मानिसहरुकोउपस्थिती रहेको आयोजकले बताए ।

नारायण भण्डारी
