• ट्रेण्डिङ्ग :
वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ८ लाख बिगो दाबी 

वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ८ लाख बिगो दाबी 


  • 7.4K
    SHARES
    • चैत्र १०, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ८ लाख बिगो दाबी 

    काठमाडौं, १० चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिका–३ का वडाध्यक्ष गज बहादुर रावतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

    images

    उनीहरुसँग ८ लाख रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

    अख्तियारले मुद्दा दायर गरेका अन्यमा सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे र तत्कालीन लेखापाल सुरत बहादुर रेग्मी रहेका छन् । 

    वडाध्यक्ष रावतले गाउँपालिकाबाट औषधि खरिदको लागि आएको रकमको कम औषधि खरिद गरी बाँकी रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

    अनुसन्धान हुँदा उनीहरुले सरकारलाई हानिनोक्सानी पुर्याउने बदनियतले औषधि खरिद तथा ढुवानीमा भ्रष्टाचार गरेको भेटिएको अख्तियारले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # हुम्ला

  • तेस्रो आँखा
    लेखकबाट थप