नेपाल प्रहरीलाई एक दिवसीय कर्तव्यबोध योग प्रशिक्षण

नेपाल प्रहरीलाई एक दिवसीय कर्तव्यबोध योग प्रशिक्षण


  • 2.5K
    SHARES
    • भाद्र १८, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 3.9K Views

    नेपाल प्रहरीलाई एक दिवसीय कर्तव्यबोध योग प्रशिक्षण

    तुलसीपुर, १८ भदौ । नेपाल प्रहरी लाई एक दिवसीय कर्तव्यबोध योग प्रशिक्षण सम्पन्न भएको छ।दाङ्ग लमही नगरपालिका वडा नं ९ अमिलियामा अवस्थित ईलाका प्रहरी कार्यालय अमिलिया मातहत रहेका अस्थायी प्रहरी चौकी बनगैं,प्रहरी चौकी सतबरिया,प्रहरी चौकी रिहार तथा आयोजक अमिलियामा कार्यरत प्रहरी जवान र अधिकृत सहभागी रहेका थिए ।गायत्री परिवार दाङ्गका कोषाध्यक्ष श्रीराम दहितले प्रशिक्षण गर्नुभएको थियो ।विश्वव्यापी रूपमा शारीरिक तथा मानसिक रूपमा ग्रसित जनसंख्या दिनानुदिन बढ्नुमा अप्राकृतिक जीवनशैली संस्कृति संस्कार भुल्दै जानु मुख्य कारण रहेको बताउनुभयो ।

    images

    पुर्वीय दर्शन शास्त्रमा बैज्ञानिकताको आधारले पश्चिमी मुलुकमा योग प्राकृतिक जीवनशैली अपनाउने संख्या वृद्धि भएको विभिन्न तथ्यांकमा उल्लेख भएको हुँदा शारीरिक मानसिक र सामाजिक रूपमा स्वास्थ प्राप्तको विकल्प रहित मार्ग योग आध्यात्म हो ।आहार, आयुर्वेद, ध्यान, यज्ञ तथा मन्त्र मनोचिकित्सा तिर आकर्षण बढेको प्रशिक्षक दहितले बताउनुभयो ।नियमित रूपमा रोगानुर आसन प्रणायाम सुर्य नमस्कारको अभ्यास गर्दा सैकडौं शारीरिक मानसिक रोग मुक्त हुन सकिने बताउनु भयो ।

    देशको हरेक संरचनामा नितिगत भ्रष्टाचार अनियमितता न्यूनीकरणमा कर्तव्यबोध योग प्रशिक्षण सहायक सिद्ध हुने प्रशिक्षक दहितको भनाइ थियो ।
    आगामी आश्विन २५,२६ र २७ गते तीन दिवसीय अन्तर्राष्ट्रिय योग सम्मेलन नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङ्गको आयोजनमा हुने विशेष सम्मेलनमा सहभागी मार्फत सम्पुर्णलाई आमन्त्रण गर्नु भएको थियो ।सहभागी ईलाका प्रहरी कार्यालय अमिलियाका प्रमुख प्रहरी निरीक्षक भवानी प्रसाद धमालाले प्रशिक्षक दहितलाई मायाको चिनो प्रदान गर्दै सुशासन स्वास्थ तन समृद्ध जीवनका लागि कर्तव्यबोध योग प्रशिक्षण अपरिहार्य रहेको विचार राख्दै प्रशिक्षक तथा सम्पुर्ण युनिटका नेतृत्व सहभागी हरुलाई धन्यवाद प्रदान गर्नुभयो ।


    तेस्रो आँखा