तुलसीपुरमा युवाहरुमाथी खुकुरी प्रहार हुँदा दुईजना घाइते

तुलसीपुरमा युवाहरुमाथी खुकुरी प्रहार हुँदा दुईजना घाइते


  • 6.3K
    SHARES
    • भाद्र १९, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 9.6K Views

    तुलसीपुरमा युवाहरुमाथी खुकुरी प्रहार हुँदा दुईजना घाइते

    तुलसीपुर, १९ भदौ ।  दाङको तुलसीपुरमा युवकमाथी खुकुरी प्रहार हुँदा दुईजना घाइते भएको छ । खुकुरी प्रहारबाट तुलसीपुर–५ का २० बर्षीय आयुष बिक र २० बर्षकै विप्लभ योगी घाइते भएको इलाका प्रहरी कार्यालयका प्रवक्ता सुर्य राणाले  जानकारी दिनुभएको छ ।

    images

    उहाँका अनुसार खुकुरी प्रहारबाट आयुषको टाउको र छातीमा गम्भिर छोट लागेको छ भने विप्लभको हातमा छोट लागेको छ । घाइते मध्य आयुषको अवस्था गम्भिर रहेको छ ।

    घाइते दुबैजनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी बाँकेको नेपालगञ्ज रिफर गरिएको छ । 

    घटनामा ६/७ जनाको संग्लनता देखिएको र उनीहरु खुकुरीसहित फरार भएको बताइएको छ । साथै  घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिइएको छ। 

    प्रहरीले घटनामा संलग्नहरुको खोजी गर्नुका साथै थप अनुसन्धान गरिहेको जनाएको छ ।

     


    तेस्रो आँखा