• ट्रेण्डिङ्ग :
यी प्रदेशका पहाडी क्षेत्रमा वर्षा हुने 

यी प्रदेशका पहाडी क्षेत्रमा वर्षा हुने 


  • 7.3K
    SHARES
    • चैत्र ११, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    यी प्रदेशका पहाडी क्षेत्रमा वर्षा हुने 

    काठमाडौं, ११ चैत । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली छ ।

    images

    दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

    शनिबार पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

     


    तेस्रो आँखा