• ट्रेण्डिङ्ग :
चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै


  • 7.0K
    SHARES
    • चैत्र ११, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

    काठमाडौं, ११ चैत । चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छन् । 

    images

    परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । तय भएको कार्यक्रम अनुसार चिनियाँ विदेशमन्त्री वाङ चैत ११ गते बेलुकी काठमाडौं आइपुग्ने छन्  ।

    वाङको महत्त्वपूर्ण कार्यक्रमहरु सबै चैत १२ र  १३ गतेलाई राखिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार चैत १२ गते नेपाल-चीन परराष्ट्र मन्त्री स्तरिय द्विपक्षीय वार्ता हुनेछ । 

    नेपाल भ्रमणको बेला उनले रास्ट्रपति बिद्यादेवी भण्डारी,  प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र ० का अध्यक्ष पुष्पकमल दाहालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

    चिनियाँ विदेशमन्त्री वाङ चैत १३ गते साझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


    तेस्रो आँखा