तुलसीपुर, ३० भदौ । दाङको दंगीशरण गाउँपालिकाकाे ६ नम्बर वडाले नवनियुक्त प्रधानमन्त्री सुशील कार्कीलाई बधाई तथा सफल कार्यकालकाे शुभकामना दिएकाे छ ।
आइतबार वडाले विज्ञप्ति जारी गर्दै नवनियुक्त प्रधानमन्त्री सुशील कार्कीलाई बधाई दिदै उहाँको नेतृत्वले देशमा रहेको विद्यमान अन्ल्याेलताकाे अन्त्य, सुशासन कायम र निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पुर्ण रुपले सफल बनाउने विश्वास भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
वडाले देशमा नयाँ राजनीतिक र सामाजिक व्यवस्थाकाे प्रारम्भिक स्वरुप सुरु हुदै भएसंगै वडा नम्बर ६ सम्पूर्ण नागरिकहरु एकताबद्ध भई शान्ति, समृद्धि र सुशासनकाे निर्माण गर्ने कार्यमा सक्रिय सहभागीता जनाउन आग्रह गरेको छ । साथै वडाले भदौ १९ गतेबाट सम्पूर्ण सेवा प्रवाहका कामहरु सुचारु गरेको छ ।
देशकाे संकटकालीन अवस्थामा नागरिक र सरकार एकआपसमा परिपुर्क हुँदै देशलाई सुशासन र समृद्ध बनाउने सम्पूर्ण नागरिकहरुलाई आह्वान गरेको छ ।
वडाले जेन्जी आन्दोलनमा ज्यान गुमाउने व्यक्तिप्रति भापुर्ण सद्वान्जली अर्पण गर्दै परिवारमा गहिरो समवेदना प्रकट गरेको छ । साथै घाइते सम्पुर्णलाई शिघ्र स्वास्थ्य लाभकाे कामना गरेको छ ।
आन्दोलनका क्रममा सुरक्षामा खटिएका सम्पुर्ण सुरक्षा कर्मिलाई धन्यवाद दिएकाे छ । साथै वडालाई समृद्ध र विकामुलक बनाउने सम्पूर्ण वडाबासिहरुलाई आग्रह गरेको छ ।
