तुलसीपुरमा १०१ कैदीबन्दीहरू फर्किए, १२ जनामा सम्पर्कमा

तुलसीपुरमा १०१ कैदीबन्दीहरू फर्किए, १२ जनामा सम्पर्कमा


  • 5.3K
    SHARES
    • भाद्र ३०, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 8.1K Views

    तुलसीपुरमा १०१ कैदीबन्दीहरू फर्किए, १२ जनामा सम्पर्कमा

    दाङ, भदौ ३० । जेनजी आन्दोलनको क्रममा तुलसीपुर कारागारबाट भागेका १०१ कैदीबन्दीहरु कारागारमा फर्केका छन् ।

    images

    यस्तै १२ जना सम्पर्कमा आएको तुलसीपुर कारागार कार्यालयका जेलर गिरबहादुर सिजवालले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुर कारागरबाट २५३ कैदीबन्दीहरु भागेका थिए । सम्पर्कमा आएका बाहेकका कैदीबन्दी बन्दहरुको खोजि गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    "भागेका कैदीबन्दीहरुलाई फर्किनको लागि प्रशासनले सूचना जारी गरेपछि उहाँहरु फर्किरहनुभएको छ । अहिले फर्किने क्रम जारी छ, जेलर सिजवालले भन्नुभयो, १२ जना आजै सम्पर्कमा आइसक्नुभएको छ, सम्पर्कमा नआएकाहरुको खोजि गरिरहका छौं ।" 

    जेनजीको अन्दोलनको मौका उठाएर पहिलो दिन १२४ जना भागेकाथिए भने दोस्रो दिन १२९ जना कैदीबन्दीहरु फरार भएका थिए । 


    तेस्रो आँखा