चार चार पटक स्थगित मधेस प्रदेशसभा बैठक आजबाट

चार चार पटक स्थगित मधेस प्रदेशसभा बैठक आजबाट


  • 7.5K
    SHARES
    • चैत्र ११, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    चार चार पटक स्थगित मधेस प्रदेशसभा बैठक आजबाट

    काठमाडौं, ११ चैत । यसअघि चार चार पटक स्थगित भएको मधेस प्रदेशको प्रदेशसभा बैठक आजबाट सुरु हुँदै छ ।

    images

    गत १ फागुनमा बोलाइएको बैठक विविध कारण देखाउँदै यसअघि चार पटक स्थगित भएका थियो । आजको बैठकमा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमा छलफल हुनेछ ।

    आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतकुमार साहका अनुसार कृषि तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत हुने कार्यसूची छ । 

    गत ९ चैतमा बोलाइएको बैठक विशेष कारण बस बस्न नसकेको उल्लेख गर्दै सचिव रञ्जितकुमार यादवले चैत ११ गते दिउँसो २ बजेका लागि सभामुख सरोजकुमार यादवको निर्देशनमा आह्वान भएको थियो ।

  • सम्बन्धित विषय:

  • # मधेस प्रदेश

  • तेस्रो आँखा
    लेखकबाट थप