• ट्रेण्डिङ्ग :
धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गर्ने भक्तबहादुर थापा पक्राउ

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गर्ने भक्तबहादुर थापा पक्राउ


  • 10.8K
    SHARES
    • चैत्र ११, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 16.6K Views

    धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गर्ने भक्तबहादुर थापा पक्राउ

    काठमाडाैं,११ चैत्र ।  काठमाडौंको बुढानिलकण्ठमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरिएको छ । घरासयी विवादमा बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल बस्ने २१ वर्षीय भक्तबहादुर थापाले २४ वर्षीया श्रीमती लक्ष्मी तामाङको हत्या गरेका हुन् । 

    images

    घरासयी विवाद हुँदा बिहीबार राति १०ः४० बजेतिर मासु काट्न प्रयोग हुने दाउले घाँटीको अगाडिको भागमा प्रहार गरेका थिए । दाउ प्रहारबाट गम्भीर घाइते लक्ष्मीलाई चुनिलेखस्थित करुणा अस्पताल लगिएको थियो । उपचारको क्रममा शुक्रबार राति ११ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

    घटनापछि भक्तबहादुर फरार भएका थिए । फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका थापालाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१२ को ज्यानसम्बन्धी कसुर अपराधमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले आवश्यक अनुसान्धान गरिरहेको छ । प्रहरीले घटनामा प्रयोग गरिएको दाउसमेत बरामद गरेको छ ।   


    तेस्रो आँखा
    लेखकबाट थप