स्थानीय तह निर्वाचन 
चिशंखुगढी गाउपालिका अध्यक्षका लागि कांग्रेसबाटै एक दर्जन दावेदार 

चिशंखुगढी गाउपालिका अध्यक्षका लागि कांग्रेसबाटै एक दर्जन दावेदार 


  • 31.5K
    SHARES
    • चैत्र ११, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 48.5K Views

    चिशंखुगढी गाउपालिका अध्यक्षका लागि कांग्रेसबाटै एक दर्जन दावेदार 

    काठमाडाैं,११ चैत्र । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा नेतृत्व लिनका लागि नेपाली कांग्रेस ओखलढुंगाको चिशंखुगढी गाउपालिकाका नेताहरूले पार्टीको आन्तरिक छलफल देखि मतदाता सम्म सक्रियता बढाएका छन् । चुनावी प्रकृयामा भाग लिने पहिलो हतियार टिकट प्राप्तीको रेशमा रहेका गाउपालिकाका नेताहरु को प्रथम हुने ? भन्ने प्रतिस्पपर्धामा छन् । राजनीतिक दलहरुले टिकट वितरण गर्दा आफू अनुकुलका मान्छेहरुलाई प्रथमिक्ता दिने चलन नेपाली राजनीतिक कायमै छ । यस कारणले पनि टिकटको अपेक्षा गर्नेहरु पार्टी नेतृत्वसँग निकट हुन चाहान्छन् । 

    images

    भूगोलमा खटेर जनतामाझ पपुलर कतिपय नेताहरु समेत नेतृत्वको नजिक नहुदा व्याक हुनुनर्पे उदाहरणहरु अहामीसामु प्रसस्त छ । स्थानीय तहका अधिकार र नागरिकसँगको निरन्तर भेटहुने सबैभन्दा राम्रो निकाय स्थानीय तह नै हो भन्ने दलहरुको बुझाइ छ । त्यस कारण पनि पछिल्लो समयमा सिनियर नेताहरु देखि युवापुस्ता समेत स्थानीय तहको नेतृत्व लिन तम्सीएको देखिन्छ । एउटै दलबाट उम्मेदवारका आकांक्षी धेरै भएपछि दललाई टिकट वितरणमा समस्या हुने गरेको छ ।

    उम्मेदवारका आकांक्षीहरु टिकट प्राप्तीकै लडाइमा लागिसकेका छन् । आकांक्षा राखेर टिकट नपाउदा कतिपयले आफ्नै दलका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने, चुनावमा मौन बस्ने देखि विद्रोही उम्मेदवार उठाउन समेत पछि पर्दैनन् । यो समस्या अन्य दलहरुमा भन्दा नेपाली कांग्रेसमा बढी देखिन्छ । तर अघिल्ला निर्वाचनहरुमा देखिएको समस्य आगामी निर्वाचनमा अन्त्य गर्नु पर्ने नेपाली कांग्रेस चिशंखुगढी गाउपालिकाका नेताहरुले बताएका छन् । 

    टिकटको दौडमा लागेकाहरु जसले पाएपनि सबै एकैठाउ उभिने प्रतिवद्धता हुनुपर्ने उनीहरुको जोड छ । नेपाली कांग्रेस चिशंखुगढी गाउपालिकाको अध्यक्षको लागि टेकराज भट्टराई, गोपालमान थापा, राजकुमार ढुंगाना, सन्तोष बाबु थापा, नविन राई, होम बहादुर कार्की, लोक बहादुर राई, जीवन शर्मा, काजीमान राई, बलराम कट्वाल, गोविन्द कोइराला समेतको दावी छ । दर्जन आकांक्षी मध्य कसले टिकट पाउने भन्ने अहिल्यौ निक्यौंल नभएपनि आकांक्षीहरुले खुलेरै आफ्नो दाबी पेश गरेका छन् । 
    यसो भन्छन् अध्यक्षका आकांक्षीहरु 

    १.टेकराज भट्टराई 

    नेपाली कांग्रेस ओखलढुंगाका पूर्व सचिव हुँदै पटक पटक महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य भएका नेता टेकराज भट्टराई अघिल्लो पटक पालिका प्रमुखमा थोरै भोटले चुनाव हारेका पुराना नेता हुन् । उनले पुरानो घाउ मेटाउन र पालिकाका जनताको सेवा गर्ने, गाउपालिमा भएको भ्रष्टाचारको शुन्य बनाउनका लागि आफू पालिका प्रमुखको मुख्य दावेदा भएको बताए ।

    ‘म अघिल्लो पटक पराजय भोगेको र तीस वर्ष भन्दा बढी कांग्रेसको लागि लागेकाले स्वाभाविक उम्मेदवार हुँ’, उनले ‘अब एक पटक नेतृत्वकालागि प्रतिस्पर्धामा उत्रिन पाउनुपर्ने पार्टीमा मेरो अनुरोध हो ।’ चिसंखुगढी गाउँपालिकामा सबै भन्दा सिनियर भएको र आफू उठ्दा पार्टीको जित सहज हुने देखेको उनले बताए । सबैसँगको सहकार्यमा गाउँ बनाउने आफ्नो योजना र दृष्टिकोणलाई अगाडी बढाउने इन्छा भएको भट्टराइले बताए ।  

    २. नविन राई

    नेविसंघका पूर्व केन्द्री उपाध्यक्ष तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि नविन राई पार्टीको सहमति अनुसार अघि बढ्नजे बताउँछन् । ‘आफ्नो दाबी मिले प्रदेश सांसदमा र नमिलेको खण्डमा पालिकाको अध्यक्षमा हो’, राइले भने, मेरो पहिलो प्राथमिक्ता गाउलाई समृद्ध बनाउने हो, त्यसका लागि पार्टीले मूल्यांकन गरेर गाउपालिका देखि प्रदेश सम्म जहाँ जिम्मेवारी दिएपनि पछि हट्ने कुरा भएन ।’

    राजनीति गर्ने व्यक्तिले काम गर्ने जिम्मेवारी ठाउँको अपेक्षा राख्ने भएकोले क्षमता देखाउन काम गर्ने अवसर पाउनुपर्ने भन्दै आगामी स्थानीय तहको निर्वाचनमा गाउपालिका अध्यक्षमा आफ्नो स्वभाविक दावी रहेको बताए । पालिका देखि जिल्लाको समृद्धिका योजना र  इच्छाशक्ति आफूसँग बलियो भएको उनले दाबी गरे । 

    ३ गोपालमान थापा 

    नेपाली कांग्रेस गाउपालिका सभापति गोपालमान थापा गाउपालिका अध्यक्षका प्रमुख दावेदार भएको बताउँछन् ।  उनले तेस्रो आँखासँग भने, ‘म पालिका सभापति भएको हैसियतले पालिका अध्यक्षको दावी गरेको छु ।’ पार्टी राजनीतिसँगै सामाजिक क्षेत्रबाट समेत भुगोलमा अरु भन्दा राम्रो र समन्वायत्मक सम्बन्ध बनाएको उनले बताए ।

    ‘स्थानीय सरकार संघीयताको मर्म र भावना अनुसार नचलेको भन्दै त्यसलाई मूल स्प्रीडमा ल्याउन र गाउपालिका लाई आम नागरिकको अपनत्वबोध गराउन नेपाली कांग्रेसको तर्फबाट मेरो सशक्ता दावेदार रहन्छ ।’ उनले भने, ‘अरु दावेदार साथिहरु भन्दा मेरो ४ भोट भएपनि बढी नै आउँछ, त्यो परिवेश मैले बनाएको छु ।’    

    ४.राजकुमार ढुंगाना 

    कांग्रेस जिल्ला सचिव राजकुमार ढुंगाना आगामी स्थानीय तहको निर्वाचनमा आफूलाई अब्बल उम्मेदवार सम्झन्छन् । पार्टीको वर्तमान जिल्ला सचिबमा रहेको र नैतिकता, पार्टी प्रतिको निष्ठा विद्यार्थी जीवनदेखि खेल्दै आएको भूमिकाको आधारमा आफुले पालिकाको नेतृत्व गर्ने अवसर पाउनुपर्ने उने बताए । ‘पार्टीमा इमान्दार पूर्वक काम गर्दै आएको छु’, उनले भने, ‘पालिकालाई सुदृढ र विकसीत गर्ने योजना म सँग छ, र जनाधार समेत सबैभन्दा बलियो रहको मेरो दाबी हो ।’ आफूलाई  पार्टीले टिकट दिने ढुंगानाले विश्वास रहेको बताए । 

    ५.जीवन शर्मा  

    नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष तथा तरुणदल जिल्ला सचिव जीवन शर्मा आसन्न स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्ष उठ्ने बताउँछन् । विगत १२ वर्ष देखि निरन्तर जिल्लामा रहेर ज्येष्ठ नागरिक, विपन्नका, दलित लगायत गाउँका नागरिकको अधिकारसँगै उनीहरुका समस्या समाधानका लागि काम गरेको अनुभव र पार्टी संगठन प्रतिको निरन्तरताका आधारमा अध्यक्षको दावी गरेको शर्माले बताए ।

    ‘गाउपालिकाको समृद्धि,स्वाथ्य,शिक्षा,कृषि,पर्यटन, युवा स्वरोजगार,आर्थिक सामाजिक विकास, भ्रष्टाचार न्यूनिकरणका योजना म सँग छन्’, उनले भने, ‘नागरिकको जनजिविकाका सवाललाई राम्रोसँग पहिचान गरेको छु’, ‘जनताका वास्तविक अवस्था के छ ? भन्ने थाहा छ, गाउपालिकाको समग्र विकास र समृद्धिको खाका कसरी कोर्न सकिन्छ भन्ने योजना मसँग छ ।’ पुराना पुस्ता देखि नयाँ युवा तन्नेरीहरुको भावना समेटेर काम गर्न पार्टीले आफूलाई जिम्मेवारी दिनु पर्ने उनले बताए । उनले भने,‘ सुशासन र समृद्ध पालिका बनाउन अध्यक्षमा मेरो अब्बल दावेदारी हो ।’   

    ६.सन्तोषबाबु थापा 

    नेपाली कांग्रेस प्रदेश सभा (क) का सभापति सन्तोष बाबु थापाले पनि चिसंखुगढीको अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका छन् । अहिले भैरहको गाउँको कामलाई फरक ढंगबाट गर्न सकिने बताउदै उनले केही वर्ष देखि शिक्षा, स्वास्थ्य लगायतको विकास सूस्ताएकोले यसलाई परिवर्त गर्नुुपर्ने दाबी गरे । गाउँमा भैरहेको विकास एक पक्षिय भएको कारणले शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउने काम गर्न जोड दिन पर्ने उनको भनाई थियो । हाल टोल समिती गठन गर्दै घरघर जाऔं अभियानलाई अगाडी बढाईरहको भनाई छ । आगामी चुनावमा आफ्नो दावी अध्यक्षमै रहने उनले बताए । ‘आफू प्रदेश सभाको सभापति समेत भएकाले टिकटको दावी स्वभाविक रहन्छ’, उनले भने ।   

    ७.होमबहादुर कार्की 

    नेपाली कांग्रेसका नेता होम बहादुर कार्कीले पनि आफूलाई चिसंखुगढीको नेतृत्वमा उत्रिने दाबेदारी  प्रस्तुत गरे । पार्टीमा छलफल नभएको र पार्टीले के गर्छ भन्ने निणर्य नआएको भएपनि आफ्नो लक्ष्य र चाहना भनेको गाउँपालिकाका अध्यक्ष रहेको उनको भनाइ छ । पार्टीमा वर्षौ देखि सक्रिय भूमिका खेल्दै आएकोले पार्टीले यसको उचित मुल्यांकन गर्नपर्नेमा उनको जोड दिए । उनले भने,‘पालिकालाई नेतृत्व गर्दै सुन्दर पालिका बनाउने योजना रहको छ ।’ अघिल्लो पटक पनि पार्टीले व्याक गराएकाले यस पटक सबैको साथ सहयोगमा आफू गाउपालिकामा भिड्ने कार्कीको भनाइ छ । 

    ८ लोकबहादुर राई

    नेपाली कांग्रेसका प्रदेश अधिवेशन प्रतिनिधि लोक बहादुर राई पनि चिसंखुगढीको अध्यक्षको दाबेदारी प्रस्तुत गर्ने लाइनमा रहेका छन् । घरघर जाऔं कांग्रेस जिताऔं भन्ने कार्यक्रम स्थानीय स्तरमा चलिरहेको उनको भनाई छ । गाउँपालिकामा विविध समस्या भएको उल्लेख गर्दै राईले पालिकाको कृषि, स्वास्थ्य क्षेत्रको विकास गर्ने, शिक्षामा सुधार गर्ने र समग्र समस्याहरुलाई समाधान गर्दै विकसीत पालिका बनाउने योजना आफूसँग रहेको बताए । पार्टीमा रहेर लामो समय काम गरेकोले अनुभव र योगदानको आधारमा पार्टीले आफूलाई यसपटक अवसर दिने अपेक्षामा छन् ।  

    ९ गोबिन्द कोइराला

    नेविसंघका नेता गोबिन्द कोइरालाले आगामी स्थानीय निर्वाचनमा चिसंखुगढी गाउँपालिकाको अध्यक्षमा दाबी रहेको बताएका छन् । उनले भने,‘गाउँगाउँमा सिंहदरवार भन्ने नारा पुग्यो तर त्यहाँ सुशान भएन, गाउँको जनसंख्या बसाईसराई रोकिएन यसर्थ गाउँमा शिक्षा, स्वास्थ्य र जनताको सेवालाई जोड दिन र सुधार गर्न आफ्नो पालिका अध्यक्षमा दाबी हुन्छ ।’ रहेको उनको भनाई छ ।

    गाउँमा अहिले भैरहेको सडक विकास बिनायोजना भएको कारणले गर्दा यो खर्चिलो र काम नलाग्ने भएको बताउदै कोइरालाले सडकको विकास गर्दा दिगो विकासलाई प्राथमिता दिनपर्ने बताए । विशेष गरी शिक्षाको गुणस्थर निम्न स्तरको भएको कारणले बसाईसराई बढेको बताउँदै उनले शिक्षालाई निजि क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन गाउपालिकाको नेतृत्व खोजेको उनको भनाइ छ ।  

    त्यस्तै वर्तमान गाउ कार्यपालिका सदस्य तथा नेपाली कांग्रेसका नेता काजीमान राई र युवा समाजसेवी बलराम कटवाल समेत गाउपालिकाको अध्यक्षमा दावी गर्दै आएको बताइएको छ । उनीहरूकाे प्रतिकृया लिन टेलिफाेन सम्पर्क हुन सकेन । नेपाली कांग्रेसको एउटै गाउपालिकामा करिव दर्जन नेताहरु प्रतिष्पर्धामा उत्रिने आँट गरेपनि गाउपालिका भने नेकपा माओवादी केन्द्रले जितेको छ । आगामी निर्वाचनमा वर्तमान गठबन्धन कसरी जान्छ र दावेदार मध्य कसले टिकट हात पार्छ भन्ने अझै अन्यौल भएको नेपाली कांग्रेस ओखलढुंगा श्रोतले जनाएको छ ।