पहिरोमा पुरिएर इलाममा १४ जनाको ज्यान गएको आशङ्का

पहिरोमा पुरिएर इलाममा १४ जनाको ज्यान गएको आशङ्का


  • 7.3K
    SHARES
    • आश्विन १९, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 11.2K Views

    पहिरोमा पुरिएर इलाममा १४ जनाको ज्यान गएको आशङ्का

    इलाम, असोज १९। इलाममा पहिरोमा परेर कम्तीमा १४ जनाको मृत्यु भएको छ । जिल्लाको विभिन्न स्थानमा गए रातिको बाढी पहिरोमा पुरिएर मृत्यु भएको पाइएको हो । 

    images

    प्रहरीले पुष्टि गर्न बाँकी रहे पनि जिल्लामा हालसम्म पहिरोले १४ जनाको मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । स्थानीय पालिकाहरुले १८ जनाको मृत्यु भएको जनाएका छन्। 

    जिल्लाभर उद्धार कार्य जारी छ । बाढी पहिरोले सूर्योदय नगरपालिका –१ मानेभञ्ज्याङमा ५ जना, माङसेबुङ गाउँपालिका –१ पाटिगाउँमा ३ जना, देउमाई नगरपालिका– ५ धारेमा १ जना, देउमाई –५ धुसुनीमा २ जना, फाकफोकथुम गाउँपालिका –३ रातमाटेमा १ जना र इलाम नगरपालिकाको घोसगाउँमा ६ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । 

    प्रहरीले घटनास्थलमा खोज तथा उद्धार कार्य तीव्र रूपमा जारी राखेको जनाएको छ । कतिपय स्थानमा प्रहरी पुग्न सकेको छैन । पहिरोले सडक अवरुद्ध भएपछि प्रहरी घटनास्थलमा पुग्न सकेको छैन । जिल्ला प्रशासन कार्यालय इलाममा सुरक्षा समितिको बैठक बसेको जानकारीमा आएको छ । 


    तेस्रो आँखा