सप्तकोशीको बहाव असामान्य, ५६ वटै ढोका खोलियो

सप्तकोशीको बहाव असामान्य, ५६ वटै ढोका खोलियो


  • 1.8K
    SHARES
    • आश्विन १९, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 2.8K Views

    सप्तकोशीको बहाव असामान्य, ५६ वटै ढोका खोलियो

    इटहरी, असोज १९ । सप्तकोशी नदीमा पानीको बहाव असामान्य रुपले बढेको छ । कोशी ब्यारेजमा पानीको बहाव ४ लाख ८६ हजार ७६० क्युसेक पुगेपछि ब्यारेजमा रहेका ५६ वटै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

    images

    ब्यारेजमा पानीको बहाव असामान्य रुपमा बढ्दै भएपछि ब्यारेजबाट सवारी आवतजावतमा पूर्णरुपले रोक लगाइएको छ । सप्तकोशीमा पानीको बहाव निरन्तर बढ्दैगएको र पहाडी जिल्लामा पानी निरन्तर परिरहेकाले नदीमा पानीको बहाव बढ्दै जाने अनुमान गरिएको छ । 

    यसक्रममा स्थानीय प्रशासनले ब्यारेजबाट आवतजावतमा रोक लगाउनुका साथै सप्तकोशी नदी आसपास बस्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आह्वान गरेको छ ।


    तेस्रो आँखा