झापामा पाँच सयभन्दा बढी परिवार विस्थापित

झापामा पाँच सयभन्दा बढी परिवार विस्थापित


  • 3.6K
    SHARES
    • आश्विन १९, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 5.6K Views

    झापामा पाँच सयभन्दा बढी परिवार विस्थापित

    दमक, असोज १९ । दुई दिन अघिदेखि आएको अविरल वर्षासँगै कन्काई, कमल, रतुवासहित झापाका विभिन्न खोलामा आएको बाढीका कारण झापामा ५ सयभन्दा बढी घरहरु विस्थापित भएका छन् । झापाका अधिकांश पालिकाहरु बाढीको जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    images

    शिवसताक्षी नगरपालिकामा सबैभन्दा बढी प्रभावित बनेको छ । साढे तीनसय भन्दा बढि घरपरिवारलाई सुरक्षित स्थलमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा गाँउपालिका, भद्रपुर नगरपालिका लगायतका पालिकाहरुमा विस्थापितहरुको संख्या बढ्दै गएको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बुका अनुसार अहिले उद्धार कार्य जारी रहेको र बिभिन्न पालिकाहरुमा भएको विस्थापित तथा डुबानको बारे जानकारी लिने काम गरिरहेको छ । 'हाम्रो पहिलो प्राथमिकता उद्धार र मानवीय क्षति हुन नदिनमा केन्द्रित छ', उहाँले भन्नुभयो ।


    तेस्रो आँखा