नेकपा एमाले बेरोजगारले तास फिट्ने र बाँड्नेहरूकाे पार्टी होइन : ओली

नेकपा एमाले बेरोजगारले तास फिट्ने र बाँड्नेहरूकाे पार्टी होइन : ओली


  • 10.9K
    SHARES
    • मंसिर १०, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 16.8K Views

    नेकपा एमाले बेरोजगारले तास फिट्ने र बाँड्नेहरूकाे पार्टी होइन : ओली
     
    चितवन, १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले बेरोजगारहरूले तास फिट्ने र बाँड्ने पार्टी नभएको बताउनु भएकाे छ । उहाँले यो पार्टी सिर्जनशील व्यक्तिहरूको पार्टी भएका बताउनु भएकाे हाे ।
     
    आफ्नो सिर्जनशीलताले देश विकास र सम्पन्न बनाउन उहाँले आग्रह गर्नुभयाे ।उहाँले नेकपा एमाले सधैँ देशवासीप्रति चिन्तित रहने पार्टी भएको र सोहीअनुसार समृद्ध नेपाल सुखी नेपाली अभियान चलाएको दाबी गर्नु भएकाे छ ।

    अब नेपाली सन्ततिले दुःख, अशान्ति, बेरोजगारी, अभाव, बिरामी, रोगी भएर बस्नु नपर्ने पनि उहाँकाे भनाइ छ । यस्ता विषय अब सिनेमा र डकुमेन्ट्रीमा मात्रै देखिने उहाँले बताउनुभयाे ।  

    images