कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक


  • 6.8K
    SHARES
    • कार्तिक १, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 10.5K Views

    कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

    काठमाडौँ, असोज ३१ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बोर्डले गोरखापत्रमार्फत् सूचना जारी गर्दै नतिजा सार्वजनिक गरेको हो ।

    images

    बोर्डले पुराना आंशिकतर्फका नौ हजार ९३४ विद्यार्थीमध्ये पाँ हजार ९१६ जना उत्तीर्ण भएको जनाएको छ । त्यस्तै, ग्रेड वृद्धितर्फ चार हजार ९७६ जनाले परीक्षा दिएकामा तीन हजार ५४० जना उत्तीर्ण भएका छन् ।

    यसरी कुल १३ हजार ९१० विद्यार्थी परीक्षामा सहभागी भएकामा नौ हजार ४५६ जना उत्तीर्ण भएका छन् । दुई जनाको परीक्षा भने रद्द गरिएको बोर्डले जनाएको छ   ।

    राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइटमार्फत नतिजा हेर्न सकिनेछ । नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ । साथै १६०० र  ८१६०१३ डायल गरी प्राप्त निर्देशनअनुसार पनि नतिजा हेर्न सकिन्छ । 


    तेस्रो आँखा