हिजो मेराे खुट्टा तान्नेहरू अहिले प्रधानमन्त्रीको खुट्टा समाइरहेका छन् : ओली

हिजो मेराे खुट्टा तान्नेहरू अहिले प्रधानमन्त्रीको खुट्टा समाइरहेका छन् : ओली


  • 9.7K
    SHARES
    • मंसिर १०, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 14.9K Views

    हिजो मेराे खुट्टा तान्नेहरू अहिले प्रधानमन्त्रीको खुट्टा समाइरहेका छन् : ओली


    चितवन, १० मंसिर  । एमाले अध्यक्ष केपी ओलीले हिजो आफ्नो खुट्टा तान्नेहरू अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा समाइरहेको बताउनु भएकाे छ ।  

    images

    ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै त्यस्तो बताउनु भएकाे हाे । केही दिनअघि प्रचण्डले आफू प्रधानमन्त्री नभए पनि प्रधानमन्त्री जस्तै भएको अभिव्यक्ति दिनु भएकाे थियाे ।  

    प्रचण्डको सोही अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले भन्नुभयाे – ‘आफू प्रधानमन्त्री नभए पनि देउवा नेतृत्वको सरकार आफ्नो हातमा रहेको र कठपुतली जस्तै नचाइरहने बताउन थालेका छन् ।’ उनले प्रधानमन्त्रीले चाहेर पनि मन्त्रीहरूकै असहयोगका कारण राम्रो काम गर्न नसक्ने दाबी गरे । हिजो आफूलाई काम गर्न नदिनेहरू अहिले प्रधानमन्त्रीको खुट्टा समाउन लागिपरेको उल्लेख गर्नुभयाे ।

    ओलीले शान्ति प्रक्रियालाई सही ढंगले टुंगो लगाउन सहयोग गर्ने भन्दै यसलाई टुंगोमा लैजान आग्रह पनि गर्नुभयाे । उहाँले हजारौं पूर्वलडाकूलाई आफ्नो पार्टीमा प्रवेश गराउनेसमेत उद्घोष गर्नु भएकाे छ । माओवादी केन्द्रका नेताकै कारण शान्ति प्रक्रिया टुंगोमा पुग्न नसकेको ओलीले आरोप लगाउनुभयाे ।