काठमान्डौँ ,३ कार्तिक। निवर्तमान उर्जामन्त्री दिपक खड्का वुढानिलकण्ठ स्थित आफ्नै घरबाट लाइभ आएका छन । जेन्जी सरकारका हालका गृहमन्त्री ओमप्रकाश अर्यालले निवर्तमान उर्जा मन्त्री खड्काले देश छोडेर विदेश गएको भनी सार्वजनिक रुपमा वक्तव्य दिएका थिए । यसरी गृहमन्त्रीले वक्तव्य दिईरहदा पुर्व मन्त्री खड्का आज आफनै घर बाट लाइभ आएका थिए ।
पूर्वऊर्जामन्त्री दिपक खड्काले आफू भागेको भनेर सरकारले गलत तथा कपोकल्पीत रुपमा काल्पनिक कुरा गरेको बताएका छन्।
बूढानीलकण्ठमा आगो लागेको आफ्नो घर भित्र पत्रकारहरूको जवाफ मा खड्काले आफूविरुद्ध कुनै आरोप नलागेको भए पनि गृहमन्त्रीले भाग्यो भनेर गलत र तथ्यहिन कुरा गरेको वताएका थिए । त्यसैगरी अर्को प्रश्नको उत्तर दिने क्रममा घरमा पचास,सय का नयां नोटहरु दसै तिहार को लागी राखेको र त्यही नोटहरु लाई आफ्नो बेइजत गर्नलाइ माथी उडाएर भिडियो बनाइएको वताएका थिए ।
उनले यो मुलुकको जिम्मा असल बुद्धिजिवि र राजनितिक दल ले लिएर देश सहि दिशा तिर लानुपर्ने बताए।
सरकारले न कहि कतै नजानु भनेको छ न चिठी काटेको छ न वारेन्ट जारी गरेको छ यसरी भागेर विदेश जानुपर्ने कारण नै छैन , म भागेँ भनेर सरकारको जिम्मेवारी समालेको गृहमन्त्री ले त्यसो भन्न मिल्छ ?उहाँ त कानुनको विद्यार्थी पनि हो उनले भने।
गत भदौ २४ मा जेन्जी प्रदर्शनकारीहरूले आफ्नो घरमा तोडफोड र आगजनी गरेपछि नेपाली सेनाले ७,८ दिन सुरक्षा दिएर राखेपश्चात
बाहिर निस्केपछि परिवार सहित भेटघाटमा चितवन गएको र
चितवन जाँदा ५ वर्षको छोरालाई डेंगी भएपछि उपचारको क्रममा भारत गएको र सोहि समयमा आफु र श्रीमतीसहित डेंगी हुदा
११ दिन मेदान्त हस्पिटलमा उपचार क्रममा बसेको हुदा सरकार एक जनाको पछि लागेर गलत र भ्रामक हल्ला फिजाएर सरकारले समाजलाई नै भ्रमित बनाएकोमा दुःख व्यक्त गरेका थिए।
गृहमन्त्री अर्यालले आइतबार नयाँ पत्रिकालाई दिएको अन्तरवार्ता निवर्तमान उर्जामन्त्री देश छाडेर भागेको र अरू व्यक्तिहरू पनि भाग्ने तयारीमा रहेको बताएका थिए।
