परराष्ट्रमन्त्री खड्का बिमस्टेक सम्मेलनमा सहभागी हुन श्रीलंका जाने 

परराष्ट्रमन्त्री खड्का बिमस्टेक सम्मेलनमा सहभागी हुन श्रीलंका जाने 


  • 10.6K
    SHARES
    • चैत्र १२, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 16.3K Views

    परराष्ट्रमन्त्री खड्का बिमस्टेक सम्मेलनमा सहभागी हुन श्रीलंका जाने 

    काठमाडौं, १२ चैत । परराष्ट्रमन्त्री डा. नारायण खड्का बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा सहभागी हुन श्रीलंका जाने भएका छन् । 

    images

    उनी बिमस्टेकको चैत १६ गते हुने पाँचौं शिखर सम्मेलनअघि हुने मन्त्रीस्तरीय बैठकमा सहभागी हुन श्रीलंका जान लागेका हुन् । 

    परराष्ट्र मन्त्रालयका अनु्सार परराष्ट्रमन्त्री खड्का चैत १४ गते काठमाडौंबाट श्रीलंकातर्फ प्रस्थान गर्नेछन् । चैत १५ गते कोलम्बोमा हुने बिमस्टेक मन्त्रीस्तरीय बैठकमा उनी सहभागी हुनेछन् । 

    बिमस्टेकको साइडलाइनमा उनले अन्य देशका विदेशमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी चैत १७ गते स्वदेश फर्कनेछन् । 

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप