राजेन्द्र लिङ्देनको प्रश्न: देउवा, ओली र प्रचण्डलाई कति वर्ष थपिदिँदा देश बन्छ होला ?

राजेन्द्र लिङ्देनको प्रश्न: देउवा, ओली र प्रचण्डलाई कति वर्ष थपिदिँदा देश बन्छ होला ?


  • 7.3K
    SHARES
    • चैत्र १२, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    राजेन्द्र लिङ्देनको प्रश्न: देउवा, ओली र प्रचण्डलाई कति वर्ष थपिदिँदा देश बन्छ होला ?

    काठमाडौँ, १२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विकास र समृद्धिको दृष्टिले देशलाई पाँच वर्षमा कायापलट गर्ने दाबी गरेका छन् । एमाले, कांग्रेस र माओवादीप्रति आक्रोशित हुँदै उनले यी तीन दलले धेरै वर्षदेखि देशलाई विकसित र समृद्ध गर्न नसकेको र राप्रपालाई पाँच वर्ष काफी हुने बताए । 

    images

    राजधानीमा शनिबार पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले राप्रपालाई एकपटक ठूलो पार्टी बनाएर सत्तामा पुर्‍याइदिन जनतासँग आग्रह गरेका गरे । राप्रपाप्रति जनलहर आएको र त्यस आधारमा राजनीतिक शक्ति जनताबाट राप्रपाको हातमा आउने देखिएको पनि उनको भनाइ छ । 

    उनले जनताबाट राजनीतिक शक्ति आएको अवस्थामा राप्रपाले देश विकासमा पूर्ण रूपले सदुपयोग गर्नेुपर्ने धारणा राखे । तर, एमाले, कांग्रेस र माओवादीबाट देश बन्ने सम्भावना नभएको ठोकुवा गरे । 

    ‘शेरबहादुर देउवालाई कति पटक वा कति वर्ष थपिदियौँ भने देश बनाउन सक्षम हुनुहोला ? कोही कांग्रेसीजनले भन्न सक्छ ? शेरबहादुर देउवालाई ५ वर्ष दियौँ भने यो देश बन्छ ? अथवा केपी ओली, प्रचण्ड ?’, लिङ्देनले प्रश्न गरे, ‘उहाँहरूलाई कति वर्ष र कति कार्यकाल दिँदा यो देश बन्छ होला र? यसकारण मैले भन्छु तपाईंहरूलाई  अब बेला आयो ।’

    उनले तीन दलबाट देश बन्ने कुराको आशा राख्नु साँडेको टाङमुनि बाल्टी थापेर दुध चाहनु जस्तै भएको टिप्पणी गरे । 

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • तेस्रो आँखा
    लेखकबाट थप