• ट्रेण्डिङ्ग :
हवल्दार हुँ भन्दै सुनचाँदी लुटपाट गर्ने नक्कली प्रहरी पक्राउ

हवल्दार हुँ भन्दै सुनचाँदी लुटपाट गर्ने नक्कली प्रहरी पक्राउ


  • 5.6K
    SHARES
    • चैत्र १२, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    हवल्दार हुँ भन्दै सुनचाँदी लुटपाट गर्ने नक्कली प्रहरी पक्राउ

    काठमाडौं, १२ चैत । प्रहरी हवल्दार बताउँदै सुनचाँदी लुटपाट गर्ने एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । 

    images

    बर्दिबास–१ घर भएका ३४ वर्षीय मनोज ठाकुरलाई शुक्रबार इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरेको हो ।

    बर्दिबासस्थित सुनचाँदी पसलहरुले बनाउन अर्डर दिएको सुनचाँदी पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स झापा लैजाने क्रममा प्रहरी हुँ भन्दै झण्डै १३ केजी सुनचाँदी लुटपाट गरेको ठाकुरमाथिआरोप लागेको छ ।

    आठ चैतमा पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्सका कर्मचारी ओम कालिकोटेले हायस गाडीमा उक्त सुनचाँदी  लैजाने क्रममा मोरङको बेलबारी नगरपालिका–४ सिमसार क्षेत्रबाट प्रहरी हवल्दार भएको बताउँदै सुनचाँदी बोकेको झोला लिएर ठाकुर भागेका थिए ।

    प्रहरी हवल्दार हु तेरो साहुलाइ प्रहरी कार्यालयमा पठाइदे भन्दै मैले बोकेको झोला नै उनले लगेका थिए कालिकोटेकाे भनाइ छ ।

    कागजातसहित सुनचाँदी प्रहरीले नै नियन्त्रण लिएको हुनसक्ने भन्दै बेलबारी प्रहरी कार्यालय पुग्दा बल्ल चोरी भएको थाहा पाएको कालिकोटेले बताए ।

    कालिकोटेको बयान र जाहेरीको आधारमा थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय वेलबारीको टोलीसमेत बर्दिबास आइपुगेको थियो ।

    इलाका प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बेलबारीको स‌युक्त टोलीले अनुसन्धानको क्रममा ठाकुरको घरमा खानतलासी भएको थियो ।

    खानतलासीको क्रममा उनकाे घरवाट १२ केजी ८८२ ग्राम सुनचाँदी बरामद गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।

    आरोपित ठाकुरलाइ इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले पक्राउ गरि बेलबारी प्रहरीलाइ बुझाएको छ । ठाकुरलाइ प्रहरी हिरासतमा नै राखेर थप अनुसन्धान गर्ने प्रक्रिया अगाडी बढाइएको बेलबारी इलाका प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप