देशको अर्थतन्त्र आत्मनिर्भर बनाउन एमाले अध्यक्ष ओलीको जोड

देशको अर्थतन्त्र आत्मनिर्भर बनाउन एमाले अध्यक्ष ओलीको जोड


  • 9.8K
    SHARES
    • चैत्र १२, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 15.1K Views

    देशको अर्थतन्त्र आत्मनिर्भर बनाउन एमाले अध्यक्ष ओलीको जोड

    काठमाडौं, १२ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको पुँजी परिचालन गरी आत्मनिर्भर अर्थतन्त्र बनाउनु पर्ने बताएका छन् । देशलाई उद्योग व्यवसायतर्फ लगे मात्रै आत्मनिर्भर अर्थतन्त्र हुने उनको भनाइ छ।

    images

    पार्टी मातहतका उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाडौंको अधिवेशनलाई सम्बोधन गर्दै उनले उद्योग व्यवसायलाई पनि आधुनिकीकरणतर्फ लानुपर्ने धारणा राखे । ‘देशलाई आधुनिकीकरणतर्फ लाने कुरा उत्पादनमा नविनता नयाँ नयाँ उत्पादनमा प्रविधिको प्रयोग, नयाँ प्रकारका सुविधा, नयाँ प्रकारका उपभोग नै आधुनिकता हो’, उनले भने, ‘उत्पादनका क्षेत्रलाई आधुनिक बनाउनु पर्यो र परम्परागत उत्पादन प्रक्रियामा पनि आधुनिकता जोड्नु पर्यो ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले विकास पनि एक प्रकारको आधुनिकीकरणनै भएको बताए ।

    त्यसअन्तर्गत भौतिक र सामाजिक पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिए । उनले कृषिमा आधुनिकीकरण नगरी उत्पादकत्व नबढ्ने र जसले गर्दा आयात प्रतिस्थापन नहुने बताए।

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप