चितवन, १० मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले सांसद रेशम चौधरीको रिहाइको माग गर्नुभएको छ । नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सभामा अध्यक्ष ठाकुरले परिवर्तनका क्रममा मुद्दा खेपेका सांसद चौधरीको रिहाइको माग गर्नुभयो ।
टिकापुर घटनामा दोशी ठहरभई डिल्ली बजार कारागारमा रहेका चौधरीको रिहाइ लोकतान्त्रिक समाजवादी पार्टीले मुख्य बटम लाइन बनाएको छ । एमाले १० औं महाधिवेशनमा शुभकामना दिदै अध्यक्ष ठाकुरले पटक—पटक परिवर्तन भएका सरकारका प्रमुखसंग यस विषयमा सहमति भएपनि अहिलेसम्म मागको कार्यान्वयन नभएको गुनासो गर्नुभयो ।
उहाँले न्यायको आन्दोलनमा सरकारले दमन गर्दा भएका घटनामा हाम्रा कयौं मानिस जेलमा छन् । अध्यक्ष ठाकुरले मधेश आन्दोलनका दौरान भएका सम्झौता कार्यान्वयनका लागि गरेको प्रयासका लागि अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो ‘ओलीजीको पालोमा हाम्रा केही साथीहरू रिहा हुनुभयो । हाम्रो माग पूरा गर्न गरेको प्रयासका लागि धन्यवाद । अब देउवाजी प्रधानमन्त्री हुनुभएको छ । बाँकी माग पूरा गराउन म देउवाजी लाई आग्रह गर्न चाहन्छु’ ।
