काठमाडाैं,१२ चैत्र । जनता समाजवादी पार्टीले संसद प्रमोद साहमाथि एमालेले सांघातीक आक्रमण गरेको आरोप लगाएको छ । प्रतिनिधिसभाका प्रमुख सचेतक समेत रहेका सासद साहमाथि शनिबार बिहान सर्लाहीको ईश्वरपुर नगरपालिकामा आक्रमण भएको थियो ।
उक्त आक्रमणमा साहको टाउकोमा चोट लागेर घाइत भएका छन् । उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही माग गरेका छन् । उक्त घटनाका दोषीमाथि अविलम्ब कडाभन्दा कडा कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ, विज्ञप्तिमा भनीएको छ ।
पार्टी कामको सिलसिलामा गृहजिल्ला पुगेका साहमाथि एमालेले सुनियोजित रुपमा आक्रमण जनता समाजवादी पार्टीले जनाएको छ । घटनामा एमालेका दर्जनौं कार्यकर्ता संलग्न रहेको भन्दै संलग्नहरूमाथि कारबाहिकाे माग गरिएकाे छ । 
